सरिता श्रीवास्तव । रौतहट । चैत २२ गते
रौतहट जिल्लाको गढिमाइ नगरपालिकामा जनता आवासको अन्तर्गत निमार्ण भवनको शिलान्यास गरिएको छ । आइतवार एक कार्यक्रमका बिच सो शिलान्यास गरिएको हो । प्रदेश सरकारको महत्वकांक्षी योजना अन्तर्गत ती भवनहरु बन्न लागेका हुन् । सो कार्यक्रमका बिच प्रदेश न.२ भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री मा.योगेन्द्र राय यादव द्वारा शिलान्यास गरिएको स्थानिय शिवशंकर मिश्रले जानकारी दिनु भयो । गढीमाई नगरपालिकाको वडा नम्बर ८ वरियारपुरमा जनता आवास कार्यक्रम अन्तर्गत डोम समुदायको आवास निर्माणका लागि शिलान्याश गर्नु भएको छ । जनता आवास कार्यक्रम अन्तर्गत सो टोलमा ६ वटा घर निर्माण हुन लागेको हो । सो अवसरमा जसपा नेताहरु हरिनारायण यादव,गढिमााइका मेयर प्रत्यासी तपेन्द्र यादव सहित दर्जनौं व्यक्तीहरुको उपस्थिती रहेको थियो ।