एमके चौधरी । गरुडा । चैत २३ गते
रौतहटको गरुडा नगरपालिकाको गरुडा बजारमा रहेको तुलसि स्मृति प्रतिशठानको शभाहलमा आयोजित अखिल नेपाल महिला संघको जिल्ला भेलालाई सम्बोधन गर्दै नेकपा एमालेका नेता तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली नक्कली एमाले रहेको बताएको छ । जिल्ला भेला लाइ सम्बोधन गर्दै नेता नेपालले, महिलाको अधिकारको लागी महिला नै अगाढी बढनु पर्ने बताए । अहिलेको युगमा महिला चन्द्रमा सम्म पुगि सकेको अवस्थामा महिला देशको प्रधानमन्त्री बनेको देखन चाहने इच्छा समेत राखेको बताए । महिला आफैमा आदी शक्तिको रुपमा रहेको हुनाले महिलाले आफ्नो अधिकार सुचिश्चित गर्न आफै तयार भएर अगाढी बढन उत्साहीत गर्दैै महिलाहरुको हरेक कदममा साथ दिने बताउनु भए । महिलहरु घरको काममा सिमित मात्र नभएर देश हाक्ने हैसियत राख्ने भएको हुनाले विभिन्न पेशा, व्यवसाय लगायत अन्य विभिन्न क्षेत्रमा महिलाहरुको समान सहभागित उत्साह जनक हुनु पर्ने बताए । तर देशको अहिलेको अवस्थाले कमजोर पारेको समेत बताए।नेता नेपालले सम्बोधन गर्दै झण्डै दुई तिहाई मत पाएका प्रधानमन्त्री ओलीले राम्रो कामलाई निरन्तर देलान र आफु भित्र भएको कमीकमजोरी सुधार गर्देै पार्टीको छवि राम्रो गर्लान् भन्ने आशामा प्रधानमन्त्री तथा पार्टीको अध्यक्ष समेत बताए । तर पार्टी तथा देशको हकहितमा नभई आफ्नै तालले पार्टी र देश हाक्ने र आफुलाई तानाशाहको रुपमा प्रस्तुत गरी बहुमतको सरकारलाई ५ बर्ष सम्म टिकाउन नसक्ने असक्षम प्रधानमन्त्रीको रुपमा रहेको समेत बताए । रौतहट एमालेको गढ भएको जिल्ला रहेको बताए । बि.स. २००६, २००९, २०११ र २०१५ मा एमालेका नेताहरु विभिन्न आन्दोलन गर्दै रौतहट जिल्लालाई देश भरी नभई अन्तराष्ट्रिय जगतमा चिनएको र आफु रौतहटको धर्तीपुत्र रहेको समेत बताए । कार्यक्रम अखिल नेपाल महिला संघको केन्द्रिय सदस्य तथा जिल्ला अध्यक्ष विनिता बख्रेलको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नेता राम कुमार भट्टराई, कमल यादव, शेख कलिमुल्लाह, नगर अध्यक्ष श्यामनन्दन सहनी लगायत एमालेको विभिन्न नगरपालिकाको नेता कार्यकर्ता तथा सयौ महिलाहरुको उपस्थिती रहेको थियो ।