उपेन्द्र गोले । रौतहट । २३ चैत्र
नेकपा माओवादी केन्द्रको सोमबार चन्द्रपुर नगर स्तरिय बैठक सम्पन्न भएको छ । सोमबार रौतहटको चन्द्रपुरमा सम्पन्न नगर स्तरीय बैठकले आफ्नो संगठनलाई तिब्र रुपमा परिचालन गर्नका लागी संगठन विस्तार गर्ने निर्णय भएको नेकपा माओवादी केन्द्रका इन्चार्ज समीर भट्टराइले बताउनु भयो । अदालदले एमाले र माओवादी केन्द्रलाई अलग अलग गरेपछि संगठनलाई विस्तार गरि पार्टीको गतिविधिलाई तिब्रता दिने जनाइएको छ । चन्द्रपुर नगरपालिकामा पार्टी कार्यालय सञ्चालन लगायतका महत्त्वपूर्ण निर्णय गर्दै सो बैठक सम्पन्न भएको नेता देवेन्द्र पटेलले बताउनु भयो ।