बाराको देवतालमा २ महिने हाते कढाइ बुनाइ (बुटिक ) तालिमको गरियो उदघाटन

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७७ चैत्र २४, मंगलबार (४ साल अघि)
  • ५ पटक पढिएको
बाराको देवतालमा २ महिने हाते कढाइ बुनाइ (बुटिक ) तालिमको गरियो उदघाटन

उपेन्द्र पासवान । बर्तमानकाल दैनिक । बारा । चैत २३ गते

बाराको देवताल गापा ४ मा दलित महिलाहरु को लागी सिप सिकौ आत्मनिर्भर बनौ ,भगत सर्वजित कार्यक्रम अन्तर्गत संचालित २ महिने हाते कढाइ बुनाइ (बुटिक ) तालिम उदघाटन भएको छ । देवताल गा पा को वाडा न ४ को वाडा अध्यक्ष मिस्री लाल सहनी को अध्यक्षता दलित महिला हरु को लागी घरेलु तथा साना उधोग कार्यालय कलैया बारा को आयोजकतव मा २० जना दलित महिला हरु लागी बुटिक तालिम उदघाटन भएको हो ।उक्त कार्य क्रम मा बिशेश सहयोग र बिशेश उपस्थिति नेपाल परिवार दल बारा को जिल्ला अध्यक्ष रामचन्द्र चौधरी को रहेकोे थियोे । घरेलु तथा साना उधोग कार्यलय को ना सु आमोद कुमार यादव ले उदघाटन गर्नु भएको थियोे । घरेलु तथा साना उधोग को उपेन्द्र यादव लगायत गाउ को बुधी जिवि हरु को विशेष उपस्थिति रहेको थियोे ।
यस तालिम को प्रशिक्षक कुसवर साह , प्रशिक्षक सनजना कुमारी यादवले गराउनु हुनेछ । तालीममा लागने सम्पुर्ण उपकरण तथा समान हरु घरेलुु तथा साना उधोग कार्यालय बारा कलैया ले ब्यवस्थापन गर्ने नासु आमोद कुमार यादव ले बताउनु भयो ।

ताजा अपडेट

खोजी गर्नुहोस