धर्मेन्द्र कुमार यादव । महोत्तरी । चैत २३ गते
संसारमा भएका विभिन्न क्रीयाकलाप हरुमा बिरोध हुनु स्वभाबिक हो तर बिरोध नगर्ने ठाउमा पनी बिरोध गर्दा बिरोधी को मनसिकता मा परिवर्तन भएको महसुस हुन्छ। बिगत दिनमा महोत्तरीमा क्रीयाशिल रुपमा पत्रकारिता गरिदै आएका तथा लगातार तीन कार्यकाल सम्म पत्रकार महासंघका अध्यक्षको रुपमा निर्वाचित मटिहानी नगरपालिकाको मेयर हरी मण्डल माथी कथित सन्चार माध्यमहरुमा समाचार सम्प्रेशन गरी पत्रकारिता क्षेत्रलाइ नै धरापमा पार्ने खेल खेल्न सुरु गरेको छ।
पत्रकार महासंघ महोत्तरीको चुनावमा बिपक्षीलाइ पराजित गर्न माइड गेम शुरु गरिएको छ र यस माइण्ड गेममा मर्यादित पत्रकारलाइ निसाना बनाइ न्युज सम्प्रेशन गरी बदनाम गर्न खोजिएको छ।
पत्रकार महासंघ द्वारा जारी अन्तिम नामाबलीमा समेत राजनिती गरी मेयर हरि मण्ड्ललाइ सदस्यता बाट बन्चित गरिएको छ। यस समबन्धी पत्रकार महासंघ जलेश्वर शाखामा समपर्क गर्दा भन्यो कि मेयर मंडल जनप्रतिनिधी भएको कारन सदस्यता बाट बन्चित गरिएको छ तर धनुषा का प्रदेश सासद राम अशिष यादवको सदस्यता अहिले पनी सुरक्षित रहेको छ।
मेयर मण्डलले गरेका अबिस्मरनिय कार्यहरुले समेत पत्रकारिता क्षेत्रमा छाप छोडेको छ। वाहको अथक प्रयासको कारण आज महोत्तरीमा पत्रकार महासंघको कार्यालय बनेको छ। तत्कालिन प्रमुख जिल्ला अधिकरी र सात दलको सहयोगमा जग्गा प्रबन्ध गरी भवन निर्माण गरेका छन जसको सिलान्यास तत्कालिन पत्रकार महासंघको केन्द्रिय अध्यक्ष बिष्णु निष्ठुरेले गरेका थिए। अहिले भवनमा थपिएको दोस्रो तल्लामा पनी वाहाले सबै स्थानिय तह भन्दा बढी रकम रु ८ लाख सहयोग गरेका छन।
पत्रकर महासंघ महोत्तरीले सदस्यता बाट बन्चित गरे पनी मेयर मण्डल आज पनी पत्रकारिता क्षेत्रमा लग्नु भएको छ। वाहाले २०४९ साल देखी आज सम्म तथ्य सप्ताहिक पत्रीकाको प्रकाशक हुनु हुन्छ।
पत्रकार महासंघको बिधान अनुसार एक व्यक्तीले दुई कार्यकाल सम्म मात्र अध्यक्ष रहने प्राबधान रहेको छ तर हरि मण्डलको व्यक्तीगत चरित्र र मेहनतका कारन थप एक कार्यकालको लागी अध्यक्ष पदमा निर्वाचित भएका थिए।
पत्रकारित क्षेत्रमा निश्पक्ष रुपमा काम गर्दै आएका कारण वाहालाइ महोत्तरीका जनताले मटिहानी नगर प्रमुखको रुपमा समेत निर्वाचित गराएका छ्न।
गत दशै महिनामा दुई समुदायबिच झडप भएका थिए त्यस घटनामा राजनिती कारन मेयर मंडलको नाममा जाहिरी दर्ता गाराएका थिए। मटिहानी–७ मा अवस्थित एक रेष्टुरेन्टमा मेयर मण्डल र बिजय चौधरी पक्षबीच विवाद भएको थियो । नगर प्रमुख मण्डल पक्षधर तथा मटिहानीकै केही स्थानीयहरुको समूह बसेका बेला उनीहरुबीच नगरपालिकाका कामकारवाहीको विषयलाई लिएर ताना भयो ।
विवादले उग्र रुप लिन थालेपछि घटनालाई साम्य पार्न प्रहरीको टोली पुगेको थियो । तर, प्रहरीको टोलीमाथि नै हातपात भएपछि प्रहरीले लाठी चार्ज गरेर दुबैपक्षलाई तितरवितर पारेको प्रत्यक्षदर्शीले बताएका छन।