उपेन्द्र पासवान । बारा । चैत २७
नेपाल लेखापढि कानुन ब्यवसायी एसोसिएसनको आठौं राष्ट्रिय महाधिवेशन बुटवलमा शुरु भएको छ ।केन्द्रिय अध्यक्ष सिताराम दहालको अध्यक्षतामा कार्यक्रम शुरु भएको हो ।
महाधिवेशन २७,२८,र २९ गते सम्म बुटवलको दरवार होट्लमा चल्ने छ । उक्त कार्यक्रममा काठमाडौ उपत्यका प्रदेश न १ , प्रदेश न २ , बागमती प्रदेश ,लुम्बिनी प्रदेश ,गनड्की प्रदेश ,करनाली प्रदेश ,र सुदुर पश्चिम् प्रदेशबाट महाधिबेशन प्रतिनिधि त्यसैगरि बाराबाट नेपाल लेखापढि कानुन ब्यवसायी एसोसिएसन बारा कलैयाको अध्यक्ष बृजकिशोर यादव (भगत जी) ,सचीव दिनेश पटेल , सह-सचिव बिनोद कर्ण ,कोषाध्यक्ष प्रमानन्द पटेल , सदस्य उपेन्द्र पासवान , सदस्य सुबास यादव , सदस्य नरेश कुमार कानु , सदस्य लक्षमण यादव , पूर्वअध्यक्ष जितनारायण पटेलले महाधिबेशन प्रतिनिधि भई केन्द्रिय महाधिबेशनमा उपस्थित रहेको हो ।पेशागत दक्षता अभिब्रिधि र ब्यवसायिक मर्यादाका लागी अग्रसर बनौ ,अर्धन्यायिक निकायमा रहेका बिकृति र विसंगति विरुद्ध संघर्ष गरौ ।नाराका साथ महाधिबेशन शुरु भएको हो ।