सरिता श्रीवास्तव । रौतहट । चैत २७ गते
मौलापुर नगरपालिकामा एकै चोटी दुइ वार्डमा स्वास्थ्य चौकीको समुद्धघाटन तथा शिलान्यास गरिएको छ । मौलापुर नगरपालिका वार्ड नम्बर २ को चिरचिरियामा स्वास्थ्य केन्द्र भवनको शिलान्यास गरिएको छ । यता वार्ड नम्बर ७ को पिपरियामा शुक्रवार आधारभूत स्वास्थ्य चौकी भवनको समुद्धघाटन तथा वडा कार्यालय भवनको शिलान्यास सु—सम्पन्न भएको छ । एक कार्यक्रका बिच मौलापुर नगरपालिकाकी नगरप्रमुख रीना कुमारी साहले समुद्धघाटन तथा शिलान्यास गरेकी थिइन् । सो अवसरमा उपमेयर गौरीशंकर जयसवाल, वडाध्यक्ष रामपुकार साह लगायतको जनप्रतिनिधिहरू एवं प्रमुख प्रशासकीय अधिकृत रामबाबु साहको समेत उपस्थितिमा उक्त कार्यक्रम सम्पन्न भएको हो । नगरपालिकाको हरेक वार्डमा सेवा सुविधा पुर्याउने लक्ष्यका साथ स्वास्थ्य सेवा २ ठाउँमा थप गरि ६ वटा वडामा पुर्याइएको हाकिम साहले बताउनु भयो । बाँकी वडाहरुमा छिट्टै स्वास्थ्य सेवा विस्तार गरिने वहाँले बताउनु भयो । नगर स्तरिय योजनाबाट स्वास्थ्य चौकी र वडा कार्यालय निमार्ण हुन लागेको बताइएको हो ।