दिपेन्द्र जयसवाल,बारा,चैत्र २८
बाराको कलैया उपमहानगरपालिकामा रहेको सिद्धश्वर मा.बिको खेल मैदानमा कलैया उपमहानगरपालिकाको आर्थिक सहयोग र कलैया फुटबल क्लब कलैया बाराको आयोजनामा प्रथम ऐतिहासिक मेयर गोल्ड कप फुटबल प्रतियोगिताको आज भएको फाईनल फुटबल खेलमा कलैया फुतबल क्लब कलैया र सर्लाही ११ बिच भएको खेलमा निर्धारित समयमा दुवै तर्फबाट गोल नभएपछि खेल ट्राईब्रेकरमा धकेल्दिा आयोजक टिम कलैया फुटबल क्लबलाई ४ को बिरूद्ध ५ गोलले सर्लाही ११ विजयी भएको छ । कार्यक्रमको प्रमुख अतिथि कलैया अपमहानगरपालिकाका नगर प्रमुख राजेश राय यादवले प्रथम हुने टिमलाई प्रमाणपत्र सिल्ड मेडल र ट्रफी र नगद रू पचाँस हजार पुरस्कार प्रदान गर्नु भएको छ । त्यस्तै दोस्रो हुने टिम आयोजक क्लब कलैया फुटबल क्लबलाई रू पचिस हजार सिल्ड मेडल प्रमाणपत्र र ट्रफी प्रदान गर्नु भएको छ । अखिल नेपाल फुतबल संघका केन्द्रीय उपाध्यक्ष उपेन्द्र मान सिंहको विशिष्ट अतिथ्यतामा भएको कार्यक्रममा कलैया उपमहानगरपालिकाका वडा नं. ४ को वडा अध्यक्ष जट्टा शंकर सहनी, महालक्ष्मी बैकका कलैया शाखाका प्रबन्धक ललन साह, वाई सियल नेपालका डाक्टर सुशिल साह , प्रभु होस्पिटल वीरगंजका सञ्चालक डाक्टर मनोज कुमार गुप्ता , स्थानिय जनप्रतिनिधि खेलप्रमी र सञ्चारकर्मी लगायतको उपस्थिति रहेको थियो । भने कार्यक्रम कलैया फुटबल क्लबका अध्यक्ष कुलदीप ठाकुरको अध्यक्षतामा सम्पन्न भएको थियो ।