प्रदिप दास । कटहरिया । चैत ३० गते
रौतहट जिल्लाको कटहरियामा नेकपा माओवादी केन्द्रले आफ्नो संगठन विस्तारलाई प्राथमिकता दिएको छ । नेकपा माओवादी केन्द्रले नगरका साथै वडा स्तरमा समेत आफ्नो मातहतका सम्पुर्ण भातृ संगठनहरुलाई क्रियाशिल बनाउने निर्णय गरेसँगै कटहरिया नगरपालिकाका विभिन्न वडाहरुमा वाइसिएल समिति समेत गठन गर्दै आएको छ । सोही अनुसार सोमवार रौतहटको कटहरिया नगरपालिकाको वडा नम्बर ९ मा नेकपा माओवादी केन्द्रको वडा समितिका साथै वाइसिएल वडा समिति गठन भएको छ । वाइसिएलका नगर संयोजक नागेन्द्र शाहको अध्यक्षतामा बसेको भेलाले ३९ सदस्य वाइसिएल वडा समिटी गठन गरिएको हो । वडा नम्बर ९ मा मुकेश कुमार रामको अध्यक्ष लगायत ३९ सदस्यीय वाइसिएल नेपालको वडा समिति गठन भएको जनाइएको छ । जसको उपाध्यक्षमा सुरेन्द्र यादव , कोषाध्यक्ष हरि माझी , सचिव लखिनद्र पासवान , सह सचिव दिपलेश राय यादव लगायतका पदाधिकारी चयन भएको सह सचिव दिपलेश यादव ले बताउनु भयो । सोमवार सम्पन्न भेलामा प्रमुख अतिथि नेकपा (माओवादी केन्द्र) का यूवा नेता नसरूदिन अंसारी , वडा संघर्ष संयोजक अंचित राम , नगर सह संयोजक जागेशवर राम , अतिथि पूर्व नगर अध्यक्ष जावेद , वडा संघर्ष संयोजक वकिल कुशवाहा, नगर सहसंयोजक गजेन्द्र यादव, रामविलास यादव लगायतको रोहवरमा वडा कमिटी गठन गरिएको नेकपा माओवादी केन्द्र कटहरहरियाले जनाएको छ ।