मौलापुर पूर्ण धुवाँ चुल्हो मुक्त नगर बन्ने तर्फ अग्रसर,मेयर साहले गरिन् मर्यादपुरमा ग्यास सिलिन्डर र चुल्हो वितरण

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७७ चैत्र ३१, मंगलबार (४ साल अघि)
  • ५ पटक पढिएको
मौलापुर पूर्ण धुवाँ चुल्हो मुक्त नगर बन्ने तर्फ अग्रसर,मेयर साहले गरिन् मर्यादपुरमा ग्यास सिलिन्डर र चुल्हो वितरण


राजेश पासवान । मौलापुर । चैत ३० गते

मौलापुर नगरपालिकाको मर्यादपुरमा ग्यास सिलिन्डर र चुल्हो वितरण गरिएको छ । अब मौलापुर पूर्ण धुवाँ चुल्हो मुक्त नगर बन्ने तर्फ अग्रसर भएको छ । आफ्नो निर्वाचन क्षेत्र रौतहट क्षेत्र नम्बर ३ लाई धुवाँ चुल्हो मुक्त बनाउने उदेश्यले शहरी विकास मन्त्री प्रभु साहको चुनावी प्रतिबद्धता अनुरुप सोमबार मौलापुर नगरपालिकाको वडा नम्बर १ मर्यादपुरमा ३४३ र वडा नम्बर २ मर्यादपुरमै ८४ गरी ४८७ घर परिवारलाई ग्यास सिलिन्डर र चुल्हो वितरण गरिएको नगरप्रमुख रिना कुमारी साहले वर्तमानकाल दैनिकलाइ बताइन् । उनले भनिन् यो दास्रो चोटी ग्यास चूल्हा वितरण गरिएको हो । यस अघि २०७४ सालमा पहिलो चोटी ४ सय ५० घर परिवारलाइ ग्यास सिलिण्डर वितरण गरिएको मेयर साहले बताइन् । सो अवसरमा मौलापुर नगरपालिकाकी मेयर रीनाकुमारी साह सँगै नेकपा नेताहरु त्रिभुवन साह ’अमर’, नागेन्द्र साह, पूर्व मुखिया नागेन्द्र यादव, नेता ठगा दास, राजेश रौनियार लगायतको उपस्तिथिमा ग्यास सिलिन्डर तथा चुल्हो वितरण कार्यक्रम सम्पन्न भएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस