ओम प्रकाश यादव । रौतहट । बैशाख ०४ गते
१० वर्षपछि यस वर्ष हुन लागेको जनगणनाका लागि रौतहटको गरुडा सहितको ठाउँमा स्थानीय जनगणना कार्यालय स्थापना भएको छ ।
रास्ट्रिय जनगणना २०७८ का लागि रौतहटको कटहरिया ,चन्द्रपुर,गरुडा, माधवनारायण , गढिमाई नगरपालिकाको संयुक्त जनगणना कार्यालय गरुडामा स्थापना भएको छ ।
गरुडा, माधवनारायण र गढिमाई गरी यी तिनवटै नगरपालिकाको जनगणना सम्बन्धी सम्पुर्ण कामकाज गरुडामा स्थापना भएको कार्यालयले नै हेर्ने छ ।
गरुडा नगरपालिकाका मेयर इनु राय यादवले आज एक कार्यक्रमकाबीच उक्त जनगणना कार्यालयको उदघाटन गरेका हुन ।
नगर प्रमुख यादवले उदघाटन गरेसँगै उक्त स्थानीय जनगणना कार्यालय आजदेखी सञ्चालन भएको छ ।
मुलुकमा यस वर्ष १२ औ जनगणना हुन लागेको छ । सो जनगणनाको तयारी देखी लिएर सम्पुर्ण कामकाज गर्नका लागि रौतहटको गरुडा नगरपालिका सहित ५ वटा स्थानीय तहमा आज स्थानीय जनगणना कार्यालय स्थापना गरिएको छ ।
यसअघि जिल्लामा एउटा जिल्ला जनगणना कार्यालयको स्थापना भइसकेको छ ।