सरिता श्रीवास्तव । रौतहट । बैशाख ०४ गते
रौतहटको चर्चित बजार कटहरियामा शिक्षकका पेशागत प्रतिनिधिहरुको मासिक घुम्ती बैठक सम्पन्न भएको छ । कटहरिया नगरपालिका स्थित रहेको श्री जन्ता माध्यमिक विधालय कटहरियामा सो घुमती टोली पुगेको थियोे । शिक्षा बिकास समन्वय इकाई रौतहटका प्रमुख राम बिनय कुमार सिंहको संयोजकत्वमा सो बैठक बसेको थियोे । बैठकमा रौतहटका १८ वटै पालिकाका शिक्षा संयोजक तथा शिक्षकका पेशागत प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । मासिक घुम्ती बैठकको क्रममा आज शुक्रबार कटहरिया नगरपालिकाको श्री जनता नमुना मा।वि। कटहरियामा नयाँ बर्ष २०७८ को पहिलो बैठक बसेको प्रधानाध्यापक योगेन्द्र कुश्वाहाले जानकारी गराउनु भयो । बैठकमा कटहरिया नगर प्रवक्ता एवम् वडा नम्बर ४ का वडाध्यक्ष चन्दन कुश्वाहाले सबैलाई स्वागत गरेका थिए । सो अवसरमा शिक्षा संयोजक अनिल कुमार निधि सहित जिल्लाका शिक्षकका पेशागत प्रतिनिधिहरुको उपस्थिति रहेको प्रधानाध्यापक कुशवाहाले जानकारी गराउनु भएको हो । बैठकमा कोविड १९ को समय विधालय सञ्चालन , शिक्षक दरबन्दी मिलान , एनईजि आरपि सहितको विषयमा छलफल भएको शिक्षा संयोजक निधिले जानकारी गराउनु भयो ।