दल बदलेको भन्दै रौतहटका दुई मेयर र पाँच जना उपमेयरलाई २४ घण्टे स्पष्टीकरण,उनीहरुको पद धरापमा

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७८ बैशाख ६, सोमबार (४ साल अघि)
  • ५ पटक पढिएको
दल बदलेको भन्दै रौतहटका दुई मेयर र पाँच जना उपमेयरलाई २४ घण्टे स्पष्टीकरण,उनीहरुको पद धरापमा


ओम प्रकाश यादव । रौतहट । बैशाख ५ गते
नेकपा माओवादी केन्द्रले रौतहटका दुई मेयर र पाँच जना उपमेयरलाई आज स्पष्टीकरण सोधेको छ ।
नेकपा विभाजनपछि माओवादी केन्द्र छोडी एमालेको ओली समूहमा लागेको भन्दै नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रले दुई मेयर र पाँच जना उपमेयरलाई २४ घण्टे स्पष्टीकरण सोधेको हो ।
माओवादी केन्द्रले रौतहटको कटहरिया नगरपालिकाका मेयर शियाराम कुश्वाहा, मौलापुर नगरपालिकाकी मेयर रिना देवी साह, मौलापुर नगरपालिकाका उपमेयर गौरीशंकर जयसवाल, देवाही गोनाही नगरपालिकाकी उपमेयर परनिया देवी पटेल, फतुवा विजयपुर नगरपालिकाकी उपमेयर कान्ति देवी महतो, माधवनारायण नगरपालिकाकी उपमेयर सिमल कुमारी साह र यमुनामाई गाउँपालिकाकी उपाध्यक्ष गिता देवी साहलाई स्पष्टीकरण सोधेको हो । उनीहरुलाई आजै स्पष्टीकरण पत्र समेत थमाईएको बताइएको छ । उनीहरु नेकपा माओवादी केन्द्रबाट चुनाव लडेर मेयर उपमेयरमा निर्वाचित भएका छन । २०७४ सालमा पाँच वर्षका लागि भएको स्थानीय तहको निर्वाचनपछि नेकपा माओवादी र एमाले मिलेर नेपाल कम्युनिष्ट पार्टी बनेको थियो । तर २०७७ सालमा सर्वोच्च अदालतले नेकपालाई खारेज गरेपछि दुवै पार्टी एमाले र माओवादी फेरी पहिलाकै अवस्थामा फर्केको हो अब नेकपा नभई साविक एमाले र माओवादी पार्टी नै कायम भएको हो ।
नेकपा खारेज भएपछि माओवादी केन्द्रबाट चुनाव जितेर आहिले माओवादीलाई नै छोडेर एमालेमा लागेको भन्दै माओवादी केन्द्रले उनिहरुसँग २४ घण्टे स्पष्टीकरण सोधेको हो ।
चुनाव जितेको दल त्याग गरेर अन्य दलमा प्रवेस गर्नेलाई पदमुक्त गरिने कानुनी व्यवस्था रहेको छ ।
यदि माओवादी केन्द्र परित्याग नगरेको हो भने २४ घण्टा भित्रमा चितबुझदो लिखित जवाफ सहित स्पष्टीकरण दिन पार्टीले उक्त मेयर र उपमेयरहरुलाई निर्देशन दिएको छ ।
चितबुझदो जवाफ नदिनेलाई पार्टीबाट नै निस्कासन गरी पदमुक्त समेत गर्ने नेकपा माओवादी केन्द्रले जनाएको वाइसिएलका रौतहट जिल्ला संयोजक अंचित कुश्वाहाले जानकारी गराउनु भयो । साथै दुइ जनाले पत्र बुझन बाट आनाकानी गरेको कुश्वाहाले बताए ।
योसँगै मेयर सियाराम कुश्वाहा, रिना देवी, उपमेयरहरु गौरीशंकर जयसवाल, कान्ति देवी, सिमल साह, परनिया देवी र गिता देवीको पद धरापमा समेत परेको देखिएको छ ।
यसअघि माओवादी केन्द्रले दल बदलेको भन्दै रौतहटका संघिय सांसद एवं शहरी विकास मन्त्री प्रभु साह र प्रदेश सांसद कुन्दन कुश्वाहालाई बर्खास्त गर्दै पदमुक्त गरिसकेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस