रामसरन यादव । रौतहट । बैशाख ६ गते
रौतहट जिल्लाको मौलापुर नगरपालिकामा नेकपा माओवादी केन्द्रले आफ्नो संगठन विस्तारलाई प्राथमिकता दिएको छ । नेकपा माओवादी केन्द्र , नगरका साथै वडा स्तरमा समेत आफ्नो मातहतका सम्पुर्ण भातृसंगठनहरुलाई क्रियासिल बनाउने निणर्य गरेसँगै रौतहट जिल्लाको मौलापुर नगरपालिकाका विभिन्न वडाहरुमा माओवादी केन्द्रको वाइसिएल समिति समेत गठन गर्दै आएको छ । सोही अनुसार आज बैशाख ६ गते रौतहटको मौलापुर नगरपालिकाको वडा नम्बर ३ गमहरिया नेकपा माओवादी केन्द्रको वडा समितिका साथै वाइसिएल वडा समिति गठन भएको छ । मौलापुर नापाको इसिएल का नगर संयोजक जयनाथ कुसवाहा को अध्यक्षतामा बसेको भेलाले २३ सदस्य वाइसिएल वडा समिटी गठन गरिएको हो । वडा नम्बर ३ मा योगेश प्रसाद यादवको अध्यक्ष लगायत २३ सदस्यीय वाइसिएल नेपालको वडा समिति गठन भएको जनाइएको छ ।, सचिव – मुकेश यादव , सह सचिव सिकिन्द्र साह लगायतका पदाधिकारी चयन भएको प्रदेश कमिटि सदस्य प्रमोद यादवले बताउनु भयो । सोमबार सम्पन्न भेलामा प्रमुख अतिथि नेकपा (माओवादी केन्द्र) का यूवा नेता एवम केन्द्रिय सदस्य बिन्देस्वर यादव , नेकपा (माओवादी केन्द्र) का यूवा नेता एवम् मौलापुर नगरपालिकाको नगर अध्यक्ष एवम् वडा न १ को वडा अध्यक्ष रामप्रबेस यादव र वडा न ६ को वडा अध्यक्ष उपेन्द्र जयसवाल , वाइसिएल प्रदेश कमिटि सदस्य प्रमोद यादव , लगायतको रोहवरमा वडा कमिटी गठन गरिएको छ । प्रदेश कमिटि सदस्य प्रमोद यादव , प्रदेश कमिटि सदस्य कमला पाण्डे , नेता अन्जित कुसवाहा , भोला पान्डे, मौलापुर नापाको वाइसिएलका नगर संयोजक जयनाथ कुशवाहा लगायतका नेताहरुको उपस्थितमा कार्यक्रम सम्पन भएकोछ । नेकपा मओबादी केन्द्रका युवा नेता प्रमोद यादवले जानकारी दिएका छन् ।