स्मिथ रजक । रौतहट । बैशाख ०७ गते
प्रदेश नम्बर २ सरकार अन्तर्गत रहेको रौतहट जिल्लाको गुजरा नगरपालिका वाड नम्बर १ स्थित कृषि उपज भण्डारण केन्द्र पूर्वाधार निर्माण भवनको शिलान्यास गरिएको छ ।
भुमी व्यवस्था कृषि तथा सहकारी मन्त्री माननीय शैलेन्द्र शाहको बाहुलीद्वारा सो भवनको हिन्दु समाज अनुसार पुजा गरेर शिलान्यास गरेका हुन् ।
प्रदेश नम्बर २ का भुमी व्यवस्था कृषि तथा सहकारी मन्त्रालय ,कृषि विकास निर्देशनालय नक्टाझिल,धनुषा र साना किसान कृषि सहकारी संस्था लि.गुजरा नगरपालिका वर्डा नम्बर १ रङ्गपुर रौतहटको संयुक्त लगानीमा सो भवनको निर्माण कार्य आज देखि शुभारम्भ गरिएको ।
प्रदेश नम्बर २ सरकारका भुमी व्यवस्था कृषि तथा सहकारी मन्त्री शैलेन्द्र शाहले सो भवन शिलान्यास पछी शिलान्यास कार्यक्रम समारोहको प्रमुख अतिथिको आसनबाट सम्बोधन गर्दै भने किताबमा मात्र ‘नेपाल देश कृषि प्रधान मुलुक’ हो किसानको मनमा छैन उनले बतए ।
किसान नै भएको देश किताब मा पढेर हुँदै वास्तविक व्यवहारमा प्रदेश वा देश स्तरीय कृषि प्रधान देश बुझिएको छैन मन्त्री शैलेन्द्र शाहले बताए ।
हामी किसान ठुला दुई देशको बिचमा रहेको कडा प्रतिस्पर्धा को सामाना पहिलेको प्रविधिले कमजोर साबित भएको देखिएको छ,चाइना ,भारतको खाद्यान्न हामी कहाँ आईपुग्दा महगो खरिदबिक्री तर स्वदेश कै खाद्यान्नको मूल्य कम देखिएको आधुनिक प्राविधिक उपकरणको कमि उनले जिकिर गरेका थिए।
देशको ९५ प्रतिशत व्यक्ति कृषिमा आश्रति छन् तर किसानले उब्जाएको खाद्यान्नलाई उचित दर भाउ नतोएर झन किसानको मनोबल तल तिर गएको मन्त्री शाहले जिकिर गरेका थिए।
सात वट्टै प्रदेश मध्ये मुलुकको बढी जनसंख्या भएको प्रदेश नम्बर २ नै हो ,यो प्रदेश समतल भएको क्षेत्र हुनाले किसानले मेहनत गरेर उब्जाएको अन्न बाली नै मेरुदण्ड रहेको उनले आफुसहत भएको महसुस गरेका थिए।
प्रदेश नम्बर २ का जिल्लामा पनि राष्ट्रिय स्तरको सहकारी संस्था लि.रहेकोमा आफू खुशी भए अनि किसानलाई मुरिमुरी कार्यको निरंतरताको कामना गर्दै भने साना किसान कृषि सहकारी संस्था लि.गुजरा रौतहटले किसान नै देशको सबल मेरुदण्ड हो चिनाए,बाक्लो उपस्तिथि एवं सहभागी आमा दिदीबहिनीले सहकारी अगाडि बढी रहेकोले म र आफ्नो सरकार तर्फ बाट शुभकामना दिई उनले प्रष्ट पारेका थिए।
किसानले समाजमा परिवर्तन ,उत्थान,समाजिक परिवर्तन ,समाजलाई आर्थिकसामाजिक एवं देशको अर्थ तन्त्र व्यवस्थामा आमुल्य योगदान रहेको ईतिहास नै गवाह हो ,वर्तमान अवस्थाले किसानको मर्म एवं मेहनतलाई कदर नगरेको, आफ्नो सरकारको पहिलो निर्णय कृषिमै गरेकै हो भने सर्वविदै छ।
कार्यक्रममा विशिष्ट अतिथि नेपाल सरकारका पूर्व कृषि राज्यमन्त्रीएवम् जसपा कार्यकारिणी सदस्य गोबिन्द प्रसाद चौधरी ,जसपा रौतहट जिल्ला ईन्चार्ज बृजकिशोर यादव,गुजरा नगरपालिकाको मेयर सन्तलाल चौधरी ,उपमेयर शेख रौशन खातुन ,जसपा रौतहटको श्याम बिहारी यादव,जिल्ला समन्वय समिति रौतहट जिल्ला उपसभापति राम अशिष यादव,जसपा रौतहट जिल्ला सदस्य चन्दन यादव लगायत किसानहरुको बाक्लो सहभागिता रहेका थिए।
साना किसान कृषि सहकारी संस्था लि.गुजरा नगरपालिका वर्डा नम्बर १ रङ्गपुर,रौतहटको अध्यक्षले सो कार्यक्रम समारोहका सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो।