आरके श्रीवास्तव । रौतहट । बैशाख १० गते
रौतहट स्थित रहेको बैंक शाखा प्रमुखहरु सँगको समन्वय बैठक सम्पन्न भएको छ । जिल्ला सदरमुकाम गौर स्थित जिल्ला प्रशासन कार्यालयको सभाहलमा बैठक बसेको हो । विहिवार जिल्ला प्रशासन कार्यालय रौतहटको आयोजनामा बैठक बसेको थियो । बैठक बाट सामाजिक सुरक्षा भत्ताको वितरण व्यवस्थित गर्ने ,एटिएम संचालन अनिवार्य गर्ने, कोरोना सामग्रीको आपूर्ति तथा समाजप्रतिको उत्तरदायित्व प्रवर्द्धन सम्बन्धी विविध विषयमा छलफल तथा निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको हो । बैठकमा जिल्ला स्थित रहेका बैंक शाखा प्रमुखहरुको उपस्थिती रहेको थियो ।