वर्तमानकाल समाचारदाता । बैशाख ११ गते
रौतहट जिल्लाको गरुडा नगरपालिका अन्र्तगत पर्ने तिन वटा वडामा नाला सहित सडक ढलानको सिलान्यास गरिएको छ । शुक्रवार एक कार्यक्रमका बिच शहरी विकास मन्त्री प्रभु साहले उक्त शिलान्यास गर्नु भएको हो । करिब २० करोड ५० लाख को योजना टेण्डर प्रक्रिया बाट निर्माण हुन लागेको स्थानिय नेता रामबाबु साहले जानकारी गराए । गरुडा नगरपालिकाको वडा नम्बर ५ , ६ र ७ को पोठीयाही , अमरपट्टी र दुधियारभार टोलमा नाला सहित आरसिसि सडक ढलानको शिलान्यास गरिएको हो । कार्यक्रमलाइ सम्बोधन गर्दै शहरी विकास मन्त्री प्रभु साहले गरुडामा निर्माण हुने भनिएको रिंग रोडको काम छिट्टै टेण्डर हुन गइरहेको बताए । साथै गरुडा नगरपालिकाको पिपरीयामा शहरी विकास अन्तर्गतका योजनाहरु चाँडै लागू सञ्चालन हुने जानकारी गराए । सो अवसरमा सांसद समिना हुसैन ,पूर्व प्रदेश सांसद कुन्दन कुश्वाहा , मौलापुर नपाकी मेयर रिना कुमारी साह सहित नेता कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।