आरके श्रीवास्तव । रौतहट । बैशाख ११ गते
रौतहट जिल्लाको गुजरा नगरपालिकाको एक वार्डमा धमाधम सामुदायिक भवन निर्मांण भइरहेको छ । सो नगरपालिकाको वडा नम्बर ९ मा सामुदायिक भवन निर्मांण भइरहेको छ । गुजरा नगरपालिकाको कार्यपालिका सदस्य एवम् दलित अगुवा पुनित रामको पहलमा अहिले धमाधम निर्माण कार्य अगाडी बढीरहेको छ । नगरपालिका बाट राम लाइ प्राप्त बजेट बाट सो निर्माण कार्य भइरहेको छ । सो भवनको लागि यस आर्थिक वर्षमा करिब १० लाख छुट्टयाइएको दलित अगुवा रामले जानकारी गराए । अर्को वर्ष थप बजेट छुट्टयाएर निर्माण कार्य समपन्न गराउने योजना रहेको उनले बताए । दयालपुरको सो टोलमा निर्माण हुन लागेको सामुदायिक भवन बाट सयौं घरधुरी लाभांिन्वत हुने छन् । गाउँमा आउने जनती , तालिम , गोष्ठी ,कार्यक्रम गर्नको लागि ठाउँको अभाव भइरहेको मध्य नजर गरि जनतालाइ प्रत्यक्ष फाइदा पुग्ने उदेश्यले सामुदायिक भवन निर्माण हुन लागेको हो । सो टोलमा करिब १ सय ५० भन्दा बढी घरधुरी रहेका छन् । सो टोलवासीहरुको माग अनुसार नै सामुदायिक भवन निर्माण हुन लागेको रामले बताए । यस अघि पनि दलित अगुवा पुनित रामले लकडाउन समयमा दलित,गरिब , विपन्न समुदायहरुको लागि विभिन्न ठाउँमा पहलगरि राहत सामग्री वितरण देखि लिएर विभिन्न सहयोगहरु गराउँदै आइराख्नु भएको छ ।