रौतहट । बैशाख १२ गते रौतहटको चन्द्रपुर नगरपालिकाको सशर्त अनुदानको रकम कोलेनिकाले फिर्ता लगेको छ । चन्द्रपुर नगरपालिकाले गत वर्षको कोरोनाका कारण सशर्त अनुदान ३ करोड ३४ लाख रकम खर्च नगरेपछि सो रकम कोलेनिकाले फिर्ता लगिइएको कोलेनिका रौतहटका प्रमुख इश्वरी ढकालले बताउनु भयो । रौतहटका १८ स्थानिय तहहरुले संघ र प्रदेशबाट पठाएको ४३ करोड ४७ लाख ३५ हजार रकम खर्च नगरेपछि स्थानिय तहहरुले फिर्ता गर्न नमानेपनि आफुहरुले फिर्ता लगेको ढकालले बताउनु भयो । रौतहटमा संघबाट प्राप्त ३१ करोड ६१ लाख ६२ हजार र प्रदेशबाट प्राप्त २ करोड ८५ लाख ७३ हजार रकम खर्च नगरेको र अन्य शिर्षकमा खर्च पनि गर्न नमिल्ने भएकाले कोष तथा लेखा नियन्त्रण कार्यालय गौरले फिर्ता गरेको जनाएको छ । कोलेनिका रौतहटका अनुसार इशनाथ नगरपालिकाबाट १ करोड ५२ लाख, गरुडाबाट २ करोड ४४ लाख , गुजराबाट १ करोड ७६ लाख, गौरबाट २ करोड ५२ लाख र कटहरियाबाट १ करोड ५२ लाख रकम फिर्ता भएको कोलेनिका रौतहट प्रमुख इश्वरी ढकालले बताउनु भयो ।