धर्मेन्द्र कुमार यादव । महोत्तरी । बैशाख १४ गते
खेलिरहेको बेला अचानक विजुलीको पोल खस्दा खुट्टा भाँचिएर अस्पताल भर्ना भएका महोत्तरीका एक बालकलाई उपचारका लागी हेल्प मधेसी मलेसियाले आर्थिक सहयोग गरेको छ ।
महोत्तरीको मटिहानी नगरपालिका १ धिरापुर बस्ने राजु दासको चार वर्षीय छोरा राज दासलाई उपचारका लागि हेल्प मधेसी मलेसियाले आर्थिक सहयोग गरेको छ । हेल्प मधेसी नेपालका अध्यक्ष रामउदगार यादव र महिला अधिकारकर्मी सबिता यादवले बालकको घरमै गएर उपचारको लागी ४० हजार रुपैयाँ सहयोग गरेका छन् ।
खुट्टा भाँचिएका ती बालकको काठमाडौंमा उपचार भइरहेको छ तर आर्थिक अभावका कारण उपचार प्रभावित बनेको थियो।
उपचारमा समस्या भएको जानकारी उक्त संस्थाका प्रतिनिधिहरुले पाएपछि रकम पठाएर सहयोग गरेको बताइएको छ साथै थप उपचारको लागि अरु सहयोग गरिदुनु हुन अन्य संघ संस्थाबाट आग्रह गरेका छ्न।