अमरेस कुमार पाण्डेय । कलैया बारा । बैशाख १४ गते
जिल्ला प्रहरी कार्यालय बाराले मास्क नलगाउने एक सय ८३ जनालाई कारर्वाही गरेको छ । कार्वाही स्वरुप प्रति व्यक्ति १०० रुपैया जरिवाना तिर्न लगाईएको जिल्ला प्रहरी कार्यालय बारले जनाएको छ ।
कोरोना माहामारीको समयमा बेवास्ता गर्दै सडकमा हिडडुल गर्ने सर्वसाधारणलाई बारा प्रहरीले सचेत गराउनेदेखि जरिवाना तिराउनेसम्मको काम गर्दै आएको छ । पहिलो चरणमा ५ गतेदेखि ७ गतेसम्म माईकिङ गराएर सर्वसाधाराणलाई सचेत गराएको थियो। भने आजसम्म प्रहरीले १० हजार ९ सय ३४ जनालाई सम्झाई बुझाई पठाएको छ । प्रहरीले हालसम्म ७ हजार ७ सय १४ वटा सर्जिकल मास्क पनि वितरण गरेको छ ।
हाम्रो छिमेकि जिल्ला पर्सामा पर्सि अर्थात् १६ गते बिहान ४ बजे देखि लकडाउन एक हप्ताको लागि जारी भईरहेको छ। त्यस्तै परिस्थिति बारामा पनि नआओस् भनि सर्वसाधरणलाई मास्क अनिवार्य गरीएको छ। हालसम्म बारामा पनि १ सय ५५ जनामा कोरोना पोजेटिभ रहेको छ भने ३ जनाको मुत्यु भई सकेको अवस्था छ। जस अनुरुप पटक पटक सचेत र सजक रहन सर्वसाधारणलाई आग्रह गर्दै आईरहेकोले जिल्ला प्रशासन कार्यालयको निर्देशन अनुसार जरिवाना तिराउन लागेको हो भनि जानकारी प्रहरी नायब उपरीक्षक गौतम मिश्रले दिनुभएको छ।
देश व्यापी अभियानलाई आत्मसाथ गर्दै जिल्ला प्रहरी कार्यालय बाराले पनि कोरोना भाईरस सचेत अभियानलाई निरन्तर्ता दिएको मिश्रले बताउनुभयो ।