अमरेस कुमार पाण्डेय । कलैया बारा । बैशाख १४
सशस्त्र प्रहरीको प्रदेश प्रमुखले बाराको सिमा नाकाहरुबाट भईरहेको तस्करीलाई नियन्त्रण गर्न लागि परेको अवस्था छ। त्यहि नेपाल प्रहरीका ईप्रका तथा चौकिहरुले तस्करीको लाईन मिलाउन तथा पैसा कमाउनमा ब्यस्त देखिरहेको पाईन्छ।
बाराको सिमा नाकामा रहेको मुसहर्वा चौकिको निगरानिमा नै गाई भैँसी लगायत किराना समान, कस्टमेटिक समान, हार्डबेयरको समानहरु तस्करी भईरहेको पाईन्छ। नेपाल सरकारले सिमानाका खोलि सकेको अवस्थामा अहिले सबैभन्दा बढि गाई भैँसी , ब्वाईलर मुर्गा र कपडा तस्करी भईरहेको स्थानियहरु बताउने गरेका छन।
गाई भैँसी लगायत तस्करीको समान ल्याउनेहरुसँग डियुटीमा खटेका प्रहरीहरु आफै पैसा लिई मुसहर्वा चौकीको मातहतका नाका मुसहर्वा र बसतपुर बाट दिनहु चौकि ईन्चार्ज प्रहरी सहायक निरीक्षक हरेन्द्र यादबको मिलोमतोमा तस्करी भईरहेको प्रत्यक्ष दर्शिहरु बताउने गरेको छ।
केहि दिन अघि मुसहर्वाबाट नै जिल्लाको टोलिले कपडा समाउन सफल भएको कुराले प्रसनि यादब लाईन मिलाई तस्करी गराईरहेको कुरा प्रष्ट भएको समाजका अगुवाहरु बताउने गरेका छन।
मुसहर्वा चौकिका ईन्चार्ज प्रहरी सहायक निरीक्षक हरेन्द्र यादबसँग प्रतिक्रिया लिन चौकी जाँदा नभेट्ने र फोन सम्पर्क गर्न खोज्दा कहिले भारतको रक्सौल स्थित डँकन होस्पिटलमा सासुलाई चेकअप गराउन जाँदै गरेको त कहिले ईनर्वा तिर आएको त कहिले बाहिर रहेको बताउने गरेका छन्। सशस्त्र बिओपिले लाईन नदिएकाले मुसहर्वा नाकाहरुबाट तस्करी नभएको समेत यादबले बताउने गरेका छन।
चौकिमा दुई देखि तिन जना हबल्दार हुँदा पनि आफ्नो नजिकका हवल्दारलाई सधै सँगै लिई लाईन मिलाउँदै हिडेको तथा असुलि गर्दै हिँडेका चौकि स्रोतले जनाएको छ।