राजु कुमार श्रीवास्तव । रौतहट । बैशाख १६ गते
नेपाल पत्रकार महासंघ रौतहट शाखाले पत्रकारहरू लाई मास्क र सेनिटाईजर प्रदान गरेको छ । प्रत्येक पत्रकारलाई २५ र२५ पिस सर्जिकल मास्क र १ सय एमएलको दुई वटा सेनिटाईजर वितरण गरिएको हो । कोरोनाको दोस्रो लहरको संक्रमण विश्वभरि तिव्र रूपमा फैलिरहेको र नेपालमा पनि बढ्न सक्ने मध्य नजर गरि सुरक्षा सर्तकता अपनाई रहेको बेला पत्रकारहरू लाई पनि सुरक्षा सतर्कता अपनाउन मास्क र सेनिटाईजर उपलब्ध गराईएको हो । महासंघमा आबद्ध सदस्यहरू र सक्रिय सञ्चारकर्मीहरू लाई मास्क र सेनिटाईजर वितरण गर्ने कार्य सुरू गरिएको महासंघका नव निर्वाचित सभापति प्रेमचन्द्र झाले जानकारी गराउनु भयो । जिल्लाको १ सय पत्रकार र सक्रिय सञ्चारकर्मीहरू लाई वितरण गरिने वहाँ बताउनु भयो । सुचना प्रवाह गर्ने पत्रकार संचारकर्मीलाई बिश्व ब्यापी रुपमा फैलिएको कोरोना भाईरस बाट बच्नको लागि स्वास्थ्य समाग्री मास्क सेनिटाईजर बितरण गरिएको शाखाका सचिव मदन ठाकुरले जनाए । वितरणको अवसरमा पूर्व सभापति रविन्द्र साह , उपाध्यक्ष प्रविन शर्मा , साहित्यकार एवम् पत्रकार संजय साह मित्र ,पत्रकार दिनेश यादव ,राकेश यादव सहितका पत्रकारहरूको उपस्थिति रहेको थियो ।
फ्रन्टलाईनमा बसेर सेवा गर्ने पत्रकारहरू लाई सुरक्षित रहनको लागि सहयोग गर्ने उदेश्य स्वास्थ्य सामग्री वितरण गरिएको महासंघका सभापति झाले बताए । जिल्लाका पत्रकारहरूलाई आफू सुरक्षित रहेर मात्र रिपोर्टिङ या समाचार संकलन गर्न जानको लागि सुझाव दिनु भयो । ज्यान रह्ययो भने जहान छ भन्दै वहाँले समाचार संप्रेषण गर्न अहिलेको प्रविधि प्रयोग गर्नको लागि आग्रह गर्नु भयो । सकभर समाचार संकलन गर्न आफनो ज्यानै जोखिममा डाली नजानुस् यदि जानै पर्यो भने स्वास्थ्य सुरक्षा सतर्कता अपनाएर मात्र जान अपिल गर्नु भयो ।