सागर संगम ठाकुर । रौतहट बैशाख १९ गते
कटहरिया नगरपालिकाले गएकोे १७ गते जारी गरिएको बिज्ञप्तीमा कटहरिया क्षेत्रमा लाग्दै आएको हाट बजारहरू अर्को सुचना न आउन्जेल सम्म नलगाऊँन सुचना जारि गरेको थियो ।तर त्यो निर्णयलाई उल्टाउर्दै स्थानिय ब्यपारीहरुले बजार लगाएको छ ।दोसा्रे लहरको कोरोना भाइरसको संक्रमणको दर रौतहट जिल्लामा उच्च भएको र जिल्लामा अन्य पलिकाहरुमा पहिलानै सुरक्षा सर्तकर्ता अपनाउन लागु गरिएको नियम बिपरीत हाट बजार बन्द गर्ने निर्णय गरेको थियो ।नगरपालिकाका नगर प्रमुख शियाराम कुश्वाहाले जारि गरेको सुचनाकै उल्लंघन हुँदा पनि नगरपालिका र स्थानिय प्रहरी प्रशासन भने मुखदर्शक बनेका छन् ।हप्ताको दुई दिन आईतबार र बुधबार लागने गरेको बजारमा भारत बिहारका घोडासाहन,चैनपुर कुडवा,नाकाबाट दर्जनौको संख्यामा मोटरसाईकलमा लौका ,काउली ,गोल भेडा ,खुर्सानी ,कटहर,परवल,लगाएतका तरकारीहरु रौतहट जिल्लाका बजारहरु र यस बजारमा ल्याई र्निधक रुपमा बेचबिखन गरिरहेको पाईएको छ ।तर अत्यावश्यक सामाग्री खरिद बिक्री गर्दा शारीरिक दूरी कायम गर्नुपर्ने हुन्छ । तर बजार पुगेकाहरु कुनै सावधानी बिना घुमिरहेका स्थानीय गनेश साहले बताएका छन ।कोरोना संक्रमणको जोखिम नघटेको र यसरी बजार लाग्नु घातक भ