रौशन चौधरी । रौतहट । बैशाख १९ गते
रौतहट जिल्लाको कटहिरया नगरपालिकामा नाला ढलानको शिलान्यास गरिएको छ । आज आईतवार कटहरिया नगर प्रमुख सियाराम प्र.कुशवाहा ,मौलापुर न.पा.प्रमुख रिना साह,सघन सहरी तथा भवन निर्माण आयोजना पर्सा विरगजका आयोजना प्रमुख प्रदिप कुमार सिहले संयुक्त रूपमा न.पा.९ डुमरिया, वडा न.७, बगही,कटहरिया न.पा.४, कटहरिया बजारमा निर्माण हुने नाला निर्माण तथा सड़क स्तरोन्ती गर्ने कार्यको शिलान्यास गर्नु भएकोछ । सघन सहरी तथा भवन निर्माण आयोजना बिरगंजको आयोजनामा ५३ करोड़ १० लाख लागतमा निर्माण हुने कटहरिया नगर प्रवक्ता एवम् वडा नम्बर ४ का वडध्यक्ष चन्दन कुश्वाहाले जानकारी गराउनु भयो । सो अवसरमा स्थानीय नेता तथा जनप्रतिनिधिहरुको विशेष उपस्थितिमा उक्त कार्यक्रम भव्यताका सम्पन्न भएको वहाँले बताउनु भयो ।