दिपेन्द्र जयसवाल,बारा । बैशाख १९
कोरोना भाइरसको परीक्षण बाराको सदरमुकाम कलैयामै आज देखि सुरु भएको छ। प्रदेश २ सरकारले प्रदेश को ८ वटै जिल्लामा कोरोना संक्रमण परीक्षण गर्ने उपकरण पठाई कोरोना भाइरस रोकथाम तथा नियन्त्रण गर्ने रणनीति लिएको छ ।परीक्षणका लागि पोर्टेबल पिसिआर मेसिनसहित अन्य आवश्यक सामग्री केही दिन अघि मात्रै जडान भएको थियो ।वैशाख ६ गते प्रदेश २ का समाजिक बिकास मन्त्री नवलकिसोर साहले पिसिआर ल्याब र एचडीयु वार्डको उद्घाटन गरेका थिए ।तर जनशक्ति अभावको कारण पिसिआर मेसिन संचालन मा आएको थिएन । हाल ७ जना प्रदेश सरकारले पठाएको र आज देखि पिसिआर परिक्षण हुने कलैया अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर गौरभ महतोले जानकारी दिनु भएको छ ।