बाराको महागढीमाई नगरपालिको नगर प्रमुख यादवले आधारभूत विद्यालय भवन शिलान्यास

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७८ बैशाख २१, मंगलबार (४ साल अघि)
  • ५ पटक पढिएको
बाराको महागढीमाई नगरपालिको नगर प्रमुख यादवले आधारभूत विद्यालय भवन शिलान्यास


दिपेन्द्र जयसवाल,बारा । २० वैशाख
बाराको महागढीमाई नगरपालिका वडा नं.६ पत्थरहटी निवासी रामकिशोरप्रसाद यादवले स्वर्गीय पिता शिवशङ्कर यादवको स्मृतिमा ४० लाख मूल्यबराबरको जग्गा विद्यालयलाई दान गरेका छन् ।रामकिशोर यादव पेशाले शिक्षक हुन् र उनी हाल वीरगंजको ज्ञानज्योति माविका प्रधानाध्यापक हुन्। आज एक कार्यक्रमबीच उनले महागढीमाई नगरपालिकाका नगरप्रमुख उपेन्द्र यादवलाई बुबाको नामबाट विद्यालय स्थापनाको लागि सो जग्गा हस्तान्तरण गरेका हुन्। जग्गामा आजै शिवशङ्कर आधारभूत विद्यालय भवन निर्माणको लागि नगरप्रमुखले शिलान्यास गरेका हुन् । कार्यक्रममा राष्ट्रियसभा सदस्य रमेश यादव, जिविसका पूर्वसभापति प्रयाग यादव, रामाशिष यादव, अनिरुद्र यादव, अरुण यादव, विजय यादव, विद्यालयका प्रधानाध्यापक महेन्द्र यादवलगायतको सहभागिता थियो।

ताजा अपडेट

खोजी गर्नुहोस