प्रवासी नेपाली मन्च ओमानको अध्यक्षमा लिलानाथ कोइराला मस्कट ।

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७८ बैशाख २१, मंगलबार (४ साल अघि)
  • ७ पटक पढिएको
प्रवासी नेपाली मन्च ओमानको अध्यक्षमा लिलानाथ कोइराला मस्कट ।

प्रवासी नेपाली मंच ओमानको अध्यक्षमा लिलानाथ कोइराला चयन भएका छन् । नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको प्रमुख आतिथ्यमा आयोजित मध्यपूर्व सम्मेलनले कोइरालालाई प्रवासी नेपाली मन्च ओमानको जिम्मेवारी दिएको हो । उक्त सम्मेलनले कोइरालाको नेतृत्वमा २३ सदस्यीय प्रवास कमिटि विस्तार गरेको हो । जसमा मन्चको उपाध्यक्षमा धनबहादुर गुरुङ, महासचिवमा तेजबहादुर बम्जन तामाङ, सचिवहरु क्रमशः विक्रम रिजाल, नीरबहादुर सुनार, कोषाध्यक्ष उमर खान र सहकोषाध्यक्षमा खेमकुमारी भुजेल चयन भएकी छन् । त्यसैगरी मन्चको सदस्यहरुमा यतिराम चौधरी, तुलषा न्यौपाने, पुलिन्दर सर्दार, विकास घले, गोमबहादुर सारुमगर, चन्द्र चौधरी, ऋषि दहाल, विमला राई, प्रकाश परियार, शेरबहादुर थापा, पदम रानाभाट, जयप्रताप बुढामगर, सोहन मुस्ताङ गुरुङ, संजय पराजुली, गोविन्द कनुवार र राजन महतो रहेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस