राजेन्द्र लहान बैशाख २३ गते ।
् सिरहाकोसखुवानन्कारकट्टी गाउँपालिका( २ स्थित मनेलाल जनता माध्यमिक बिधालय सोठियाईनका ४५ जना छात्रालाई साईकल वितरण गरिएको छ ।
प्रदेश २ सरकारको बेटी पढाउ, बेटी बचाउ अभियान अन्तर्गत साईकल वितरण गरिएको बिधालय स्रोतले जनाएको छ । स्वास्थ्य मापदण्डलाई ख्याल गर्दै एक सानो कार्यक्रमको बिच सोठियाईनका विधालयमा अध्यनरत छात्रालाई प्रोत्साहित गर्ने उदेश्यले साईकल वितरण गरिएको समाजवादी पार्टीका गाउँपालिका उपाध्यक्ष नागेन्द्र यादवले बताएका छन ।
वितरण कार्यक्रम सखुवानन्कारकट्टी गाउँपालिकाका उपाध्यक्ष अमलादेवीको प्रमुख आतिथ्यमा भएको थियो भने वडा २ का वडा अध्यक्ष बिल्टु यादव, प्रधानाध्यापक श्रीप्रसाद यादव, जसपाका युवा नेता नागेन्द्र प्रसाद यादव र स्थानीय शिक्षक राम सुफल यादव लगायतको सहभागिता रहेको थियो । उपस्थित सम्पुर्ण अतिथिले छात्रालाई साईकल हस्तान्तरण गरेका थिए ।