स्मिथ रजक । रौतहट ,२३ बैशाख ।
प्रदेश नम्बर २ का अन्तर्गत रहेको रौतहट जिल्लाको सदरमुकामसँग जोडिएका ईशनाथ नगरपालिकाको मेयर संतोष मेहताको गाउँकै सडक हिलोहिलो भएको छ।
ईशनाथ नगरपालिकाको कार्यालय औरैया स्थित देखि उत्तर तर्फ रहेको नगर सिमा समाप्त वर्डा नम्बर ९ डुमरिया टोलको सडक अलि कति पानी पर्दा पानीको निकास नभएपछी आम जनतालाई जान आउन कठिनाई भएको छ।
मेयर मेहताको आफ्नो गाउँकै टोलमा जनता सास्ती भोग्दै आएपनी उनले कानमा तेल हालेर बसेको स्थानीयको गुनासो रहेको छ।
ईशनाथ नगरपालिकाको प्रत्येक नगर सभा हुनेमा वर्डा नम्बर ९ डुमरियाका वर्डा अध्यक्ष राम बाबू राय यादवले बजेट विनियोजन गर्दै आएपनि तर सडक नालामा विनियोजन गरिएको बजेट बैशाख महिनामा भित्र बजेट रकमान्तर गरेर अर्को काममा बजेट लग्ने गरेको स्थानीयहरुले बताएका छन् ।
मेयर संतोष मेहता र वर्डा अध्यक्ष राम बाबू राय यादवले डुमरिया स्थितिका गरेटो अर्थात मुल सडक सङ्ग जोडिएको सना बाटोघाटोलाई समयमै मर्मत एवं सम्भार नगरेको सर्विददै रहेको तस्वीर दर्शाउछ।
ईशनाथ नगरपालिका वर्डा नम्बर ९ का डुमरिया स्थितिका टोलमा छिर्न बाहिरीबाट आएको आगन्तुक एवं गाउलेहरुलाई सडक हिलो भएर हिड्न बाध्यता रहेको छ।
प्रत्येक वर्ष वर्षा हुनाले सडकमा पानी जम्मा भएपछि पानीको स्तर पढ्दै जदा घर घरमै पानी जाने गरेको स्थानीयको गुनासो रहेको छ।
चुनावको बेलामा घर घरमा गएर जनताहरुलाई विभिन्न विकास कार्यको आश्वासन दिदै चुनाव जित्ने अनि पछी जनता गयो चुली भाडमा चुनावको बेला जनता अगाडि नेता पछाडी नारा लगाउने गरेको जन स्तरमा सर्विददै रहेको हो।
चुनावी प्रतिबद्धता गरे अनुसार कुनै विकास निर्माणकार्य नगर क्षेत्र भरीमै देखिएको छैन तर सार्वजनिक स्थलमा पुग्दा विकासै विकासको नहर बगेको मेयर एवं जनप्रतिनिधिहरु भन्छन् ।
जनताको पूर्वाधार विकासको चुनौती दिदै नगर विकासका विनियोजन गरेको बजेटलाई आफू मनोपली मेयर सन्तोष मेहताले दुरुपयोग गरेको र सो कार्यलाई निरंतरता दिदै गरेकोमा स्थानीयले यस्ता कार्यहरुलाई बढावा नदिन समाचारको माध्यमबाट सचेत गराएको हो,समयै मेयर मेहता न सच्चिए वर्डा वासीहरु बाध्य हुने संकेत रहेको छ।