लहान । बैशाख २३ गते
लकडाउन घोषणा संगै कालाबजारी गर्नेहरु सलबलाउन थालेका छन । कोरोना भाइरस (कोभिड-१९) को सङ्क्रमण फैलिने त्रासका बीच बजारमा सर्जिकल मास्क र स्यानिटाइजर (हात सफा) गर्ने औषधिजन्य वस्तुको अभाव हुँदा सर्वसाधारण मारमा परेका छन्। लाहान लगायत सिरहाका अन्य शहरका व्यवसायीले ‘कृत्रिम अभाव’ सिर्जना गरेर कालाबजारी गरेका कारण याे समस्या देखिएकाे हाे। एकातिर बजारमा सर्जिकल मास्क र स्यानिटाइजर पाइन छाडेको छ। अधिकांश व्यवसायीले भने सामान्य अवस्थाको तुलनामा २ सय प्रतिशतसम्म मूल्य बढाएर यी वस्तु बेचिरहेका छन्। कालोबजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन, २०३२ मा ‘तोकिएको मालवस्तुको उत्पादक, आयातकर्ता वा मुख्य वितरकले निर्धारण गरेको मूल्यभन्दा बढी मूल्य लिई कसैले कुनै मालवस्तु बिक्री गरेमा सो मालवस्तुको लिएको मूल्य फिर्ता गराई सो मालवस्तु जफत गरी निजलाई एक वर्षसम्म कैद हुने र १० लाख रूपैयाँसम्म जरिवानासमेत हुनसक्ने,’ उल्लेख छ। तर, बजारमा उपभोक्ता ठगिरहँदा सरोकारवाला निकायबाट प्रभावकारी अनुगमन हुन नसकेको उपभोक्ताकर्मीको आरोप छ। यतिबेला उपभोक्ता महँगोमा मास्क, स्यानिटाइजर लगायतका वस्तु खरिद गर्न बाध्य छन्।