रौशन चौधरी । रौतहट,२५ बैशाख ।
निषेधाज्ञाको पहिलो दिन आज रौतहटमा सवारी आवागमनमा कडाइ गरिएको छ । बिना काम हिडने सवारी साधानलाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्लाका प्रमुख ब्यापारीक बजार चन्द्रनिगाहपुर,गौर,गरुडा,कटहरिया लगाएका स्थानका बजार पुर्ण रुपमा बन्द रहेका थिए । कोरोनाका कारण रौतहटमा ज्यान गुमाउनेको संख्या बढदै जान थालेपछि आजबाट निषेधाज्ञा लागु गर्नु परेको रौतहटका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिएकाछन् । पुर्व पश्चिम महेन्द्र राजमार्गको चन्द्रनिगाहपुरमा प्रहरी निरीक्षक अरबिन्द साहको कमाण्डमा खटिएको टोलीले बिना काम हिडेका दर्जन बढी सवारी साधान नियन्त्रणमा लिएर सवै ईलाका प्रहरी कार्यलयमा राखी बेलुका ५ बजे गाडी चालकलाइ बितरण गरेको थियो । चन्द्रनिगाहपुर,गरूडा,कटहरिया , गौर क्षेत्रमा आज बिहानैबाट सवारी साधान,ब्यापारी प्रतिष्ठान ,होटल तथा पसल पुर्ण रुपमा बन्द गराउने काम भएको ईलाका प्रहरी कार्यलय गरूडा प्रहरी निरिक्षक रामराजा केशरी जानकारी दिए । रौतहटमा कोरोना महामारी बढदै गएपछि स्थानीय प्रशासनले निषेज्ञागर्ने निर्णय गरेको हो ।