राजेन्द्र सप्तरी बैशाख २५ गते।
सप्तरीको बलान बिहुल गाउँपालिकाका स्थानीयले कोरोना भाईरसलाई मैयाको संज्ञा दिई पुजाआजा गर्न थालेका छन । गाउँपालिकामा पर्ने विभिन्न गाउँका महिलाहरूको घुँईचो डिहबार थान, बलान नदिलगायत अन्य धार्मिक शक्तिपिठमा लाग्ने गरेको छ । स्वास्थ मापदण्ड पालनामा उदासिन देखिएको यस पालिकाबासी को आउने समय जोखिमपुर्ण देखिन्छ ।
बलान बिहुल १ बस्ने एक महिलाको अनुसार उनलाई राति सपनामा डिहबार बाबाले पुजा गर्न भनेको हो । उनीले सपनाका कुरा गाउँका अन्य महिलालाई सुनाएपछि सबै मिलदेवी देवताको पूजाआजा गरेर कोरोना निको हुने भ्रम फैलाईएको हो ।
सरस्वती डेरी उधोगका मैनेजर रोशन सढोक यादवले विभिन्न ठाउँमा महिलाहरुले कोरोनादेवी र कोरोना मैयाको पूजा गर्नु आफैमा हास्यास्पद भएको बताए । सढोकले कोरोना फैलनुअघि कहिले पनि कोरोनादेवीको नाम नसुनिएको र अहिले नयाँ देवीको आविष्कार भएको भन्ने भ्रमको पछि लागेकाहरुलाई प्रहरी प्रशासनले सचेत नगराए अवस्था जटिल हुनसक्ने बताए ।
उनले नदी किनारमा भेला भएर र विभिन्न धार्मिक समारोह आयोजना गरेर पूजाआजा भइरहेकोमा त्यसरी कोरोना निको नहुने भन्दै जमघट हुँदा झनै कोरोना फैलने डर बढ्ने भन्दै सचेत हुन आग्रह गरेका छन् ।