राजेन्द्र लहान बैशाख २६ गते ।
कोरोना भाइरस संक्रमण को जोखिम बढेपछि नेपाल सरकारले २२ वटा नाका बन्द गरिसकेको अवस्थामा सशस्त्र प्रहरी बल सिरहाले सीमामा कडा निगरानी बढाएको छ । नेपालमा पनि दिन प्रति दिन कोरोना सन्क्रमित वढदै जादा नेपाल सरकारले सर्बसाधारण लाई कोरोना सक्रमण बाट बच्न नेपाल र भारतको सिमा क्षेत्रमा आवत जावतमा सिमा नाका पुर्ण रूपमा कडाई गरेको हो । भारतमा भाइरस संक्रमणको सुनामी आएपछि त्यहाँबाट स्वदेश फर्कने नेपालीको संख्या हवात्तै बढेकोले नेपाल फर्कने नेपाली नागरिकहरुलाई बिशेष सुरक्षा सर्तकता अपनाएर भित्रिन दिएको छ। सशस्त्र प्रहरी बल हे. गण सिरहाका प्रमुख तथा एसपी दिपेन्द्र गिरिका अनुसार सिरहाको विभिन्न नाकाहरुमा थप जनशक्ति प्रयोग गरि तीन ठाउँ मा एफओबी स्थापना गरिएको र नाकाहरुमा विशेष कडाइ गरिएको बताएका छ्न। सशस्त्र प्रहरी बल सिरहाले सिरहाको विभिन्न ठाउँ हरूमा कोभिड–१९ को जोखिम न्यूनीकरणको लागि सचेतनामुलक सन्देश सहितको माइकिङ, सवारी साधनहरुको चेक जाँच, सचेतनामुलक प्लेकार्ड प्रदशर्न समेत गरेका छन् । सशस्त्र प्रहरी बल सिरहाको तर्फ बाट एसपी गिरिले भिडभाड न गर्न , स्वास्थ्य सुरक्षाका मापदण्डहरु पालनाका लागी मास्क तथा स्यानिटाइजरको सहि प्रयोग र नियमित मास्क लगाउन सबैमा अनुरोध समेत गरेका छन् । एस पी गिरी ले कोरोना भाइरस संक्रमणको जोखिम नियन्त्रण गर्न सबैको भूमिका महत्वपूर्ण हुने भएकाले नाकाबाट आउने नागरिकहरुको परीक्षण गरेरमात्र नेपाल प्रवेश गर्न दिने र १० दिन अनिवार्य क्वारेन्टिनमा बस्नेगरी व्यवस्था मिलाउन स्थानीय सरकारसँग आग्रह गरेका छ्न।