उपेन्द्र गोले । रौतहट २६ बैशाख ।
नेपाल पत्रकार महासंघ रौतहटले राहत कोष स्थापना गरेको छ । आइतबार नेपाल पत्रकार महासंघ रौतहट कार्यसमितिको बैठकले कोरोना महामारीकाबिच पत्रकारहरु सक्रिय हुने पर्ने भएकाले कोरोनाको उच्च जोखिम रहने हुदा हुन सक्ने दुर्घटनालाई मध्यनजर गर्दै पत्रकार महासंघ रौतहटले कोषको स्थापना गर्नु परेको पत्रकार महासंघ रौतहटका सचिव मदन ठाकुरले बताउनु भयो । कोरोनाको दोस्रो लहरसँगै रौतहटमा पनि पछिल्लो समय कोरोना संक्रमण बढ्दै गइरहेको छ । कोष स्थापना हुनासाथ चन्द्रनिगाहपुरका समाजसेवी तथा ब्यापारी देवेन्द्र अर्यालले २५ हजार रकम सो कोषमा जम्मा गरि पहिलो ब्यक्ति बन्नु भएको छ । पत्रकारहरुले आम नागरिकहरुलाई कोराना सम्बन्धि चेतनामुलक सामग्री विभिन्न सञ्चार क्षेत्रबाट प्रदान गर्ने र जस्तोसुकै परिस्थितिको सामना गरि सत्य तथ्य सुचना प्रवाह गर्न कोरोनाको जोखिमसँगै हिडनु पर्ने भएकाले पत्रकारहरुलाई पर्न सक्ने समस्यामा सो कोषको रकमबाट सहयोग गर्ने उद्देश्यले स्थापना गरेकाले आफुले कोषमा रकम जम्मा गरेको अर्यालले बताउनु भयो । अर्यालले कोषमा रकम जम्मा गरेसँगै सो कोषमा रकम जम्मा गर्ने सहयोगी दाताहरु बढ्दै गएको छ । कोरोना रौतहट पत्रकार राहत कोष स्थापना गरे कै दिन आइतबार रौतहटका समाजसेवीदेखि अधिबक्तासम्मले रकम सहयोग गर्नु भएको छ । आइतबा। साझसम्म पत्रकार राहत कोषमा सहयोग गर्नु हुनेहरुमा चन्द्रपुरका देवेन्द्र अर्याल २५ हजार , अधिबक्ता सतिश कुमार झा १० हजार , दुर्गा भगवती गाउँपालिकाका लेखापाल सन्देश कुशवाहा ५ हजार , नारायणी सिचाइ ब्यबस्थापन कार्यालय बिरगंजका लेखा अधिकृत पवन महतो ५ हजार र दुर्गा भगवती गाउपालिकाको वडा नम्बर ०३ का वडा अध्यक्ष डिके झा ११ हजार गरि ५६ हजार रकम कोषमा सहयोग जम्मा भएको पत्रकार महासंघ रौतहटका उपाध्यक्ष प्रविन शर्माले जानकारी दिनु भयो । कोषमा प्राप्त रकमको छुट्टै बैंक खाता मार्फत कारोबार हुने र कोभिड १९ रौतहट पत्रकार राहत कोष ब्यबस्थापन कार्यबिधी २०७८ अनुसार खर्च गरिने नेपाल पत्रकार महासंघ रौतहटका अध्यक्ष प्रेमचन्द्र झाले बताउनु भयो ।