राजेन्द्र लहान बैशाख २७ गते ।
भारतबाट कोरोना भाइरस नेपाल भित्रिन नदिन गृहमन्त्रालयको निर्देशनबमोजिम सुरक्षाकर्मीहरु चौबिसै घण्टा सीमामा तैनाथ छन्। तर, सीमामा खटिएका सशस्त्र प्रहरीलाई अहिले मौसमले सताइरहेको छ । सुरक्षाका लागि खटिने ती सुरक्षाकर्मीहरु विभिन्न समस्याबाट पीडित भइरहेका छन । कतिपय ठाउँमा सुरक्षाकर्मी सीमा क्षेत्रमा रहेका विद्यालय भवन, सामुदायिक भवनलगायतमा बस्दै आएका छन् भने कतिपय ठाउँमा निजी घर तथा पाल , टेन्ट गाडेर बस्न बाध्य भएका छन् । दैनिकजसो हावाहुरी, असिनापानी पर्न थालेपछि सिमा नाका मा रहेका बि ओ पी कार्यालय का पोस्ट उडाउने, बस्ने ठाउँमा पानी छिर्ने जस्ता समस्याहरु देखिएको छ। सिरहाको दक्षिण वर्ती सिमा नाका स्थित शसस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट( बि . ओ . पी .) बडहरी को चारै तिर पानी जमेको छ। उनीहरू दुई कोठे निजी पक्की घरमा कार्यालय संचालन र पाल गाडेर दुःखले बसि रहेका छ्न। बर्षाका कारण त्यहाँ को सुरक्षाकर्मीहरु पानी जमेको ठाउँ मा बस्न वाध्य भएका छन । हावाहुरी र पानीका बीच पनि उनीहरू देशका जनताका लागि सीमामा तैनाथ छन्। हावाहुरी, र पानीले गर्दा सीमा खटिएका प्रहरीलाई समस्या भइरहेको छ। पानीमा भिज्दै पनि प्रहरीहरु खटिएका छन्। खुल्ला सीमा नाकाका कारण भारतबाट थुप्रै मानिस भित्रिन सक्ने भन्दै सरकारले देशैभर सीमा क्षेत्रमा सशस्त्र प्रहरी परिचालन गरेको हो । उनीहरुले भारततर्फ आउने व्यक्तिलाई रोक्ने जिम्मेवारी पाएका छन् ।शसस्त्र प्रहरीले यस्तो विषम परिस्थितिमा अहोरात्र बोर्डरमा खटिएर बाकी समय पालमा बिताएका छ्न।