उपेन्द्र गोले रौतहट २९ बैशाख ।
रौतहटमा कोरोना संक्रमण बढ्दै गइरहेको अबस्थामा नागरिकहरुले भने भिडभाड गर्ने क्रमलाई निरन्तरता दिन छाडेका छैनन । पछिल्लो समय रौतहटका कोरोना संक्रमणले भयवह रुप लिदै गएको छ तर रौतहटका नागरिकहरु भने विवाह , बर्थ डे , भोज , बिना काम फ्रेस हुने नाममा भिडभाड गर्ने जस्ता कार्यहरु अत्याधिक रुपमा हुदै आएको छ । रौतहटको गौरमा १०२ जना र चन्द्रपुर नगरपालिकामा ७८ जना कोरोना संक्रमितहरु रहेका छन । अहिले रौतहटका १८ स्थानिय तहहरुमध्ये गौर र चन्द्रपुर कोरोनाको उच्च जोखिम बिन्दुमा रहेको छ । कोरोना उच्च विन्दुमा रहेको चन्द्रपुर नगरपालिकाका १० ओटा वडाहरुमा विवाहको नाममा डिजे बजाउनेदेखि सयौ मानिसहरु सामान्य स्वास्थ्य मापदण्ड विपरित भिडभाड गर्दै आएका छन । चन्द्रपुर नगरपालिकाको वडा नम्बर ५ मा बुधबार विवाहका पुर्व तयारीमा डिजेसहित मास्क बिना नै नाचगानका साथ गौर रोड हुदै चन्द्रनिगाहपुर बजार परिक्रमा गरिरहदा प्रहरी भने रमाइलो मानेर हेरिरहेका थिए । अतिआवश्यक कार्यका लागी मोटरसाइकलमा एक जना मात्र यात्रा गर्दा नियन्त्रणमा लिने प्रशासन सयौको संख्यामा सामान्य स्वास्थ्य मापदण्ड बिना नै डिजे बजाउदै निषेधाज्ञाको अबज्ञा गरेको अबस्थामा समेत रमाइलो मानी हेरिरहेकाले प्रशासनले नागरिकहरुप्रतिको कर्तब्य भुलेको स्थानियले बताएका छन । प्रशासनको लापरवाहीका कारणले रौतहटमा कोरोना संक्रमणको उच्च जोखिममा प्रबेश गरेको स्थानियको आरोप रहेको छ । कोरोना संक्रमण नियन्त्रण र नागरिकहरुलाई सचेत गराउन प्रशासनले केही समय कडा निगरानी गर्नु पर्ने स्थानिय अगुवाहरुको भनाइ रहेको छ ।