नबिन कुमार लहान बैशाख २९ गते ।
सिरहाको औरही गाउँपालिका १ मा प्रहरीले मदिरा तस्करीमा साथ दिएको भन्दै मदिरा बोकेको गाडी तोडफोड गरेका छन । औरहीको सिमावर्ती गाउँ दरहियामा स्थानीयले मदिरा ओसार्न लागेको गाडी तोडफोड गरेको हो । सोमवार राति करिब ११ बजे मदिरा बोकेको प्र २–०१–००१च ०२३४ नम्वरको गाडी नियन्त्रणमा लिएर स्थानीय युवाहरुले तोडफोड गरेका थिए । मदिरा भारत तस्करी गर्न लागेको युवाहरुको आरोप छ । घटनाबारे थाहा पाएलगत्तै जिल्लाबाट पुगेको टोलीले मदिरासहित गाडी नियन्त्रणमा लिएको बुझिएको छ । स्थानीयका अनुसार मदिरा भारत तस्करी गराउन गाडीसँगै प्रहरी चौकी हरकट्टीका इन्चार्ज असय बिजय सिंह पनि पुगेका थिए । सिरहाका एसपी हिराबहादुर पाण्डेका अनुसार, ‘मदिरा तस्करी गर्न लागेको नभएर एक ठाउँबाट अर्को ठाउँमा ओसार्न लागेको थियो । तर स्थानीय केहि व्यक्तिले अर्थको अनर्थ लगाएर प्रहरीलाई पनि दुव्र्यवहार गर्यो ।’ उनका अनुसार केहिदिन अगाडी त्यहाँ एकजनाको हत्या भएको थियो । घटनामा संलग्नहरु जेल पुग्यो । ति व्यक्तिको गाउँमा मदिरा पसल थियो । घटनापछि अर्को ठाउँमा सार्न खोज्दा तस्करीको आरोप लगाएर समस्यामा पार्ने प्रयास गरिएको छ । उता स्थानीयले लकडाउनको बेला पनि रक्सी ओसारपसार गर्दा रोकेको बताउँछन् । यसरी प्रहरीकै संग्लग्नतामा रक्सी ओसारपसार हुँदा कोरोनाको जोखिम उच्च हुने स्थानीयको चिन्ता छ। उक्त बोर्डर हुँदै दर्जनौं भारतिय दरहिया को चौकमा दिनहुुँजसो रक्सी सेवन गर्न आउने कुरा गाउँवासीले बताए ।