काठमाडौं । बैशाख ३० गते ।
प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले स्वास्थ्य मापदण्ड पालना गर्दै मुश्लिम धर्मालम्बीहरूलाई घरमै बसेर पर्व मनाउन आग्रह गरेका छन । इस्लाम धर्मालम्बीहरूको महान पर्व इद उल फित्रको अवसरमा बिहीबार प्रदेशबासीमा शुभकामना सन्देश दिँदै उनले घरमै बसेर पर्व मनाउन आग्रह गरेका हुन । मुख्यमन्त्री राउतले यस पर्वको माध्यमबाट मुलुकमा भाइचाराको सम्बन्ध, सुख र शान्तिको अभिवृद्धि होस् भनी कामना गरेको मुख्यमन्त्रीको प्रेस सचिवालयद्वारा जारी गरिएको विज्ञप्तिमा उल्लेख छ । विश्वव्यापी रूपमा फैलिएको कोरोना महामारीको कारण अन्य वर्षजस्तै हर्षोल्लासका साथ पर्व मनाउने अवस्था नरहेको जनाउँदै मुख्यमन्त्री राउतले प्रदेशवासीहरुमा सु–स्वास्थ्य, दीर्घायु एवम् उत्तरोतर प्रगतिको कामना गरे । प्रदेश सरकारले इद उल फित्र मनाउनका लागि शुक्रबार वैशाख ३१ गते प्रदेशभर सार्वजनिक बिदा दिएको सो विज्ञप्तिमार्फत उल्लेख गरिएको छ ।