दिपेन्द्र जयसवाल,बारा बैशाख ३१
कोरोना संक्रमण बढ्दै गए पछि भूमिसुधार तथा मालपोत कार्यालय कलैयाले आफ्नो सम्पूर्ण सुवा बन्द गरेको छ । कार्यालयका सूचना अधिकारी सागर कुमार साहद्वारा हस्ताक्षर सुचनामा कर्मचारीको स्वास्थ्य समस्यामा असामान्य देखीएको साथै कोभिड –१९ को माहामारीको चपेटा पर्न सक्ने र प्रत्यक्षरुपमा सेवाग्राही संग रही सेवा प्रवाह गर्दा उच्च जोखिममा रहेको हुदा अर्को सूचना प्रकाशित नभए सम्म को लागि आफ्नो सम्पुर्ण सेवा बन्द गरेको बताएका छन् । हाल सम्म सुरक्षाको मापदण्ड पुरा गरी कार्यालयका सेवा प्रदान गर्दैआएको र हाल बढ्दो संक्रमणलाई मध्यनजर गर्दै सेवा लिन आएका सेवाग्राही बाट उचित सुरक्षाको मापदण्ड पुरा नभएको ले बन्द गर्नु परेको सूचना अधिकारी साह ले जानकारी दिएका छन् ।