उपेन्द्र गोले रौतहट ३१ बैशाख ।
रौतहटको चन्द्रपुर नगरपालिकामा रहेको आइसोलेसनलाई क्रिस्चियन समाज रौतहटले शुक्रबार आवश्यक स्वास्थ्य सामग्री वितरण गरेको छ । चन्द्रपुर नगरपालिकाले सञ्चालनमा ल्याएको शहिद स्मृति पार्कमा रहेको अस्थायी कोरोना अस्पतालको लागि शुक्रबार आवश्यकस्वास्थ्य सामग्री तथा उपकरणहरू नगर प्रमुख रामचन्द्र चौधरीलाई हस्तान्तरण गरेको हो । क्रिस्चियन समाज रौतहटका अध्यक्ष प्रल्हाद रामुदामले नगरपालिकाको कार्यालयमा नै सो सामग्री नगर प्रमुख चौधरीलाई हन्तान्तरण गरेको राम्ुदामले बताउनु भयो । विश्वव्यापी रूपले फैलिरहेको कोरोना भाइरस रौतहटमा पनि यसको संक्रमण समुदाय स्तरमा फैलिसकेको छ । यो संकटको घडीमा हातेमालो गर्दै संक्रमित नागरिकको उपचारमा सहज पुर्याउने उद्देश्यले नगरपालिकालाई केही सामग्री आफुहरुले सहयोग गरेको अध्यक्ष रामुदामले बताउनु भयो । समाजका अध्यक्ष रामुदामले अक्सिजन फ्लोमिटर ५ थान, सर्जिकल मास्क ५ हजार थान,डिजिटल थर्मोमिटर १० थान, ग्लोभ्स् २ बक्स र सेनिटाईजर १० बोतल हैंड सेनिटाईजर १२ थान वितरणको गरेको वडा नं ६ का अध्यक्ष खड्ग बहादुर कुश्वारले जानकारी दिनुभएको छ । कार्यक्रममा चन्द्रपुर नगरपालिकाका स्वास्थ्य शाखाका संयोजक अभय कुमार ठाकुर, स्वास्थ्यकर्मी मातृका चालिसे,बलिराम साह, सहित ख्रीष्टियन समाजका देव बहादुर ठाडा लगायतका व्यतिmको सहभागीता रहेको थियो ।