उपेन्द्र गोले । रौतहट २ जेठ ।
रौतहटको इशनाथ नगरपालिकाका नगर प्रमुखले आफ् चढ्ने गाडीलाई एम्बुलेन्स बनाउनु भएको छ । रौतहटमा पछिल्लो समय आफ्ना नागरिकहरु कोराना संक्रमण हुदा एम्बुलेन्सको अभावमा समयमा नै अस्पतालमा पुर्याउन नसकेपछि नगर प्रमुख सन्तोष कुमार मेहताले आफु चढ्ने सरकारी गाडी बिरामी ओसारपसार गर्ने एम्बुलेन्सको रुपमा प्रयोग गर्ने निर्णय गरेको मेहताले बताउनु भयो । रौतहटमा १८ ओटा स्थानिय तहहरु रहेका छन । रौतहटका १८ ओटै स्थानिय तहहरुमा अहिले कोरोना संक्रमण दर बढ्दै गएको छ । कोरोना संक्रमितलाई अस्पतालसम्म समयमा नै पुर्याउन एम्बुलेन्सहरुले आनाकानी गर्ने र आवश्यक पर्ने बेला एम्बुलेन्स समेत उपलब्ध नहुने हुदा आफ्नो नगरपालिकाका नागरिकहरुलाई समयमा नै अस्पताल पुर्याउन आफ्नो गाडीलाई एम्बुलेन्सको रुपमा प्रयोग गर्ने उहाको भनाइ रहेको छ । नगर प्रमुख मेहताले आइतबारबाट इशनाथ नगरपालिकाका नगर प्रमुखले प्रयोग गर्दै आउनु भएको सरकारी गाडीलाई जनताको लागि एम्बुलेन्स बनाउनु भएको हो । त्यसका साथै मेहताले नगरपालिकाको हरेक वडामा रेपिड रिस्पोन्स टिम समेत परिचालन गर्नु भएको छ । इशनाथ नगरपालिकाको वडा न. ९ मा रहेको डुमरिया स्वास्थ चौकिमलाई १० शैयाको अक्सिजन सहितको कोविड अस्पताल पनि सञ्चालनमा ल्याउनु भएको छ । आफ्नो नगरपालिकाको मातहतमा रहेको एम्बुलेन्सलाई कोरोनाका संक्रमितको लागि जुनसुकै स्थानमा लानु परेपनि निशुल्क रुपमा प्रयोग गर्न पाउने नगर प्रमुख सन्तोष मेहताले बताउनु भयो ।