संजय सहनी । रौतहट २ जेठ ।
रौतहट । बिश्व नै कोरोना सन्क्रमले अक्रान्त बनेको छ।छिमेकी मुलुक भारत सहित नेपालमा सन्क्रमितको संख्यामा वृद्धि भइरहेको छ।मृत्यु दर पनि रोकिन सकेको छैन । रौतहटमा मात्रै स्वास्थकर्मी सहित ४६ जनाको ज्यान गइसकेको अवस्था छ । रौतहटको जनप्रतिनिधीले जनताको स्वास्थ रक्षाको लागि गम्भीर नबनेको गुनासो स्थानीय छ।तर क्षेत्र न ३ का निवर्तमान प्रदेश सान्सदले क्षेत्रमा स्वास्थ सामाग्री बितरन गरि प्रसंशा बटुलेका छन। निबर्तमान प्रदेश सांसद कुन्दन कुश्वाहाले कोरोना को दोस्रो लहरमा अग्रसरतामा खट्नेहरुको लागि स्वास्थ सुरक्षा सामग्री बितरण गरेर सराहनीय कार्य गर्नु भएको हो । प्रदेश सांसद न भएपनी नेपाली जनता र जनताको सुरक्षा गर्न अहोरात्र खट्नेहरुको सुरक्षा गर्नुपर्ने दायित्व बुझ्दै आफुले सुरक्षाकार्मी,स्वास्थकर्मी र पत्रकारको लागि स्वास्थ सुरक्षा सामग्री बितरण गर्नु भएको बताए । आइतबार कटहरिया स्थित एक कार्यक्रमका बीच निबर्तमान प्रदेश सांसद कुन्दन कुश्वाहाले स्वास्थ सुरक्षा सामग्री हस्तान्तरण गर्नु भएको पत्रकार सन्जय मिश्राले बताए । कुश्वाहाले र जनताको सेवामा २४ घन्टा खट्ने कोरोनाको फ्रन्ट लाईनर जिल्ला प्रहरी कार्यालय गौर,सशस्त्र प्रहरी ११ नम्बर हेक्वा गौर,भौतिक पुर्वाधार कार्यालय गौर,ईलाका प्रहरी कार्यालय गरुडा,ईप्रका,देवाही,मौलापुर,कटहरिया,लगायत बिधान क्षेत्र ख अन्तर्गत सबै प्रहरी कार्यलाई ,सशस्त्र बेस,तथा स्वास्थ चौकी हरुमा जनही एकहजार सर्जिकल मास्क,३० थान,सेनिटाईजर, २ पाकेट फेससिल्ड, थर्मोगन,नेबोलाईजर लगायत सामग्री बितरण भएको कटहरिया नगर प्रवक्ता चन्दन कुश्वाहाले बताए । प्रमुख जिल्ला अधिकारी इन्द्र देव यादवको विशेष उपस्थितीम संसदिय निर्वाचन क्षेत्र ३ ख अन्तर्गत स्वास्थ प्रमुखहरु,सुरक्षा प्रमुख हरु तथा नेपाल पत्रकार महासंघका प्रतिनिधि कृष्ण तिवारी लाई संयुक्तरुपमा स्वास्थ सुरक्षा सामग्री हस्तान्तरण गरेको प्रवक्ता कुश्वाहाले बताए । उक्त अवसरमा सिडियो ईन्द्रदेव यादवले रौतहटमा कोरोना संक्रमितको अवस्था र ब्यवस्थापन बारे चर्चागर्दै यस्तो महामारी को समय अग्रसरतामा खट्नेहरुलाई स्वास्थ सुरक्षा सामग्री बितरण गरिएकोमा निबर्तमान प्रदेश सांसद कुन्दन कुश्वाहाको खुलेरै प्रशंसा गरे । कार्यक्रममा कटहरिया नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत रामप्रकाश साह,नगर स्वास्थ संयोजक,कटहरिया एफएम प्रमुख संजय मिश्रा,सशस्त्रका ईन्स्पेक्टर कपिल गिरि,ईप्रका कटहरियाका सई महानन्द कुर्मी,लगायतको सहभागिता थियो ।