उपेन्द्र गोले । रौतहट २ जेठ ।
रौतहटको चन्द्रपुर नगरपालिकामा आज ३३ जना कोरोना संक्रमित थपिएका छन । ३३ जना थपिएसँगै रौतहटका १८ स्थानिय तहहरुमा सबैभन्दा बढी कोरोना संक्रमित भएको नगरपािलका चन्द्रपुर नगरपालिकाको बनेको छ । रौतहटमा आइतबार ७५ जना कोरोना संक्रमित थपिएका छन । रौतहटको गौरस्थित गौर अस्पतालमा आइतबार गरिएको पिसिआर परिक्षणमा ७५ जनामा कोरोना संक्रमण पुष्टी भएको हो । गौर अस्पतालमा आइतबार २३० जनाको स्वाब परिक्षण गर्दा ७५ जनामा कोरोना संक्रमण पुष्टी भएको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ । रौतहटको चन्द्रपुरमा आइतबार ३३ जना कोरोना संक्रमित थपिएसँगै सबैभन्दा बढी चन्द्रपुर नगरपालिका १ सय १३ जना संक्रमित पुगेको छ भने गौरमा १०८ संक्रमित रहेका छन । रौतहटमा कोरोना संक्रमितहरुको सँख्या ६ सय ४६ पुगेको छ । आइतबार कोरोना संक्रमितहरुमध्ये गौरमा ४ जना र नारायणी उपक्षेत्रीय अस्पताल वीरगंजमा उपचारको क्रममा १ संक्रमितको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या ५१ पुगेको छ ।