कलैया सिटि जेसिस र जिनियस डान्स एकेडेमीको संयुक्त आयोजनामा आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७८ जेष्ठ ४, मंगलबार (४ साल अघि)
  • ५ पटक पढिएको
कलैया सिटि जेसिस र जिनियस डान्स एकेडेमीको संयुक्त आयोजनामा आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न


दिपेन्द्र जयसवाल,बारा जेठ ३
कलैया सिटि जेसिस र जिनियस डान्स एकेडेमीको संयुक्त आयोजनामा आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न भएको छ । बाराको कलैया उपमहानगरपालिका वडा नम्बर १ रामजानकी मन्दिरको प्राङ्गणमा भएको रक्तदान कार्यक्रममा ३० जनाले रक्तदान गरेको कलैया सिटी जेसिजका अध्यक्ष शम्भु कुमार गुप्ताले बताउनु भयो । पूर्व सांसद प्रमोद गुप्ताको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा कलैया सिटी जेसिजका पूर्व अध्यक्ष जेसी धानिलाल साह सोनार , कलैया सिटी जेसिजका अध्यक्ष शम्भु कुमार गुप्ता, महासचिव पवन कुशवाहा, कार्यसमिति सल्लाहकार सन्दिप बरै, कानुनी सल्लाहकार सावित्री शर्मा,जिनियस डान्स एकेडेमीका प्रबन्धक अंकुश ब्याहुत, जिनियस डान्स एकेडेमीका संयोजक अर्जुन कुमार गुप्ता लगायतको सहभागी रहेको थियो । रक्तसञ्चार केन्द्र वीरगञ्जमा भइरहेको रगतको चरम अभावलाई परिपूर्ती गर्न आकस्मिक रक्तदान कार्यक्रम गरिएको आयोजकले बताएको छ । रक्तदान गर्नेहरुका लागि दि हन्ड्रेडस ग्रुप बाराले खाजाको व्यवस्था गरेको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस