दिपेन्द्र जयसवाल,बारा जेठ ४
गैरआवासिय नेपाली संघ अफ्रिका स्थित राष्ट्रिय समन्वय समितिहरुको संयुुक्त आयोजनामा बाराको सिमरा स्थित क्वारेन्टाईनलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ । बाराको जीतपुुरसिमरा उपमहानगरपालिका वडा नं २ पशुुपति नगर स्थित सरस्वती आधारभूत बिद्यालयमा सञ्चालित क्वारेन्टाईनलाई सो सामग्री हस्तान्तरण गरिएको जनाईएको छ । स्वास्थ्य सामग्रीमा बेटाडिन १२ पिस, सेनिटाईजर १५ लिटर, हापोक्लोरिड एसिड २० लिटर, मास्क ६० प्याकेट, अक्सिमिटर पाँच पिस र थर्मोमिटर पाँच पिस रहेको स्थानीय समाजसेवी प्रकाश ढुुङ्गानाले जानकारी दिएका छन ।
कार्यक्रममा वडा अध्यक्ष तिलक बहादुुर श्रेष्ठ, कार्यपालिका सदस्य शोभा कार्की ,वडा सदस्य चिनिमाया परियार र धनबहादुुर श्रेष्ठ लगायतको सहभागिता रहेको थियो ।