उपेन्द्र गोले । रौतहट ४ जेठ ।
रौतहटमा सोमबार २४ जना कोरोना संक्रमण पुष्टि भएको छ । रौतहटको गौरस्थित गौर अस्पतालमा आइतबार गरिएको पिसिआर परिक्षणमा २४ जनामा कोरोना संक्रमण पुष्टी भएको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ । १५० जनाको मंगलबार कोरोना परिक्षण गरिएको थियो । जसमा १४२ जनाको पिसिआर परिक्षणमा १६ जना र ८ जनाको एन्टिजेन प्रविधिबाट परिक्षण हुदा ८ जनामा कोरोना पुष्टि भएसँगै आज २४ जनामा कोरोना पुष्टि भएको हो । मंगलबार कोरोना संक्रमितहरुमध्ये गौरमा ३ जनाको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या ५६ पुगेको छ । पछिल्लो समय रौतहटमा ८११ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । जसमध्ये ११३ जना निको भएको र रौतहटमा नै ५६ जनामध्ये ३२ जनाको मृत्यु भएको जिल्ला प्रशासन कार्यलय रौतहटले जनाएको छ । त्यसैगरि मंगलबारसम्ममा रौतहटमा ६६६ जना सक्रिय संक्रमितहरु रहेका छन । रौतहटका ६३७ जना होम आइसोलेसनमा रहेको , २४ जनाको सामान्य उपचार गराइ रहेको र ६ जन रौतहट जिल्ला बाहिर रहेको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताउनु भयो । रौतहटको १८ स्थानिय तहहरुमध्ये चन्द्रपुर नगरपालिकामा सबैभन्दा बडी ११२ जना कोरोना संक्रमित रहेको यादवले बताउनु भएको छ ।