उपेन्द्र गोले रौतहट ६ जेठ ।
रौतहटमा विहिबार २८ जना कोरोना संक्रमण पुष्टि भएको छ । रौतहटको गौरस्थित गौर अस्पतालमा विहिबार गरिएको पिसिआर परिक्षणमा २८ जनामा कोरोना संक्रमण पुष्टी भएको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ । १४८ जनाको विहिबार कोरोना परिक्षण गरिएको थियो । जसमा १४६ जनाको पिसिआर परिक्षणमा २६ जना र २ जनाको एन्टिजेन प्रविधिबाट परिक्षण हुदा २ जनामा कोरोना पुष्टि भएसँगै आज २८ जनामा कोरोना पुष्टि भएको हो । विहिबार कोरोना संक्रमितहरुमध्ये गौरमा २ जना र १ जनाको अन्य जिल्लामा मृत्यु भएसँगै मृत्यु हुनेको संख्या ६४ पुगेको छ । पछिल्लो समय रौतहटमा ८६४ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । जसमध्ये १२८ जना निको भएको र रौतहटमा नै ६४ जनामध्ये ३८ जनाको मृत्यु रौतहटमा नै भएको जिल्ला प्रशासन कार्यलय रौतहटले जनाएको छ । त्यसैगरि विहिबारसम्ममा रौतहटमा ६९८ जना सक्रिय संक्रमितहरु रहेका छन । रौतहटका ६६८ जना होम आइसोलेसनमा रहेको , २६ जनाको सामान्य उपचार गराइ रहेको र ४ जना रौतहट जिल्ला बाहिर रहेको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताउनु भयो । रौतहटको १८ स्थानिय तहहरुमध्ये चन्द्रपुर नगरपालिकामा सबैभन्दा बडी ११३ जना कोरोना संक्रमित रहेको यादवले बताउनु भएको छ । हाल गौर अस्पतालमा १६ जना शहिद पार्कमा ८ जना , परोहा अस्पतालमा २ जना बिरामी रहेको प्रमुख जिल्ला अधिकारी यादवले बताउनु भयो ।