दिपेन्द्र जयसवाल,बारा
जेठ ६
बाराको करैयामाई गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय करैया बाराको सभाहलमा विशेष गाउँ सभा सम्पन्न भएको छ गाउँपालिका अध्यक्ष भुनेश्वर धामीको अध्यक्षतामा सो विशेष गाउँ सभा भएको हो । सो विशेष गाउँ सभामा गाउँपालिकाकी उपाध्यक्ष चित्ररेखा कुमारी चौधरीले आर्थिक वर्ष २०७७÷७८ को गाउँपालिकाको नीति तथा कार्यक्रमको अधारमा आर्थिक वर्ष २०७७÷७८ को लागि कुल ४४ करोड ५५ लाख ४३ हजार ५ सय पचास रूपैयाँको अनुमानित बजेट सो विशेष गाउँ सभामा प्रस्तुत गरेकी थिईन् क्ष् सो विशेष गाउँ सभामा प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र प्रसाद यादव वडा नं.१ को वडा अध्यक्ष सोनालाल साह,वडा नं.२ को वडा अध्यक्ष सुरेन्द्र चौधरी,वडा नं.३ को वडा अध्यक्ष देवेन्द्र प्रसाद केशरी,वडा नं.४ को वडा अध्यक्ष जनाबी खातुन,वडा नं.५ को वडा अध्यक्ष उमेश प्रसाद चौधरी,वडा नं.६ को वडा अध्यक्ष राजकुमार चौधरी, ७ को वडा अध्यक्ष बृज चौधरी, ८ को वडा अध्यक्ष सुरेन्द्र प्रसाद साह लगायत गाउँ कार्यपालिका सदस्य,वडा सदस्य गाउँपालिकामा कार्यरत विभिन्न शाखाका कर्मचारीहरू बुद्धिजीवी लगायत सञ्चारकर्मीको उपस्थिति रहेको थियो ।