राष्ट्रपति विद्यादेवी भन्डारीले नेपाल नागरिकता पहिलो संशोधन ऐन अध्यादेशमार्फत आइतवार जारी गर्दा प्रमुख दलहरुले खासै प्रतिक्रिया दिएका छैनन् तर सामाजिक संजालमा भने निकै कडा प्रतिक्रिया आएको देखिएको छ । यस देशभित्र जन्मेका सबै नेपालीले नागरिकता पाउनुपर्ने भन्ने नचाहने पनि छन् भन्ने विरोधबाट पुष्टि भएको छ । यस देशमा हजाराँै मानिस यस्ता पनि जसका बुबा र आमा दुवै नेपाली हुन्, दुवैसित नेपाली नागरिकताको प्रमाणपत्र रहेको छ तर तिनका सन्तान भने नेपाली नागरिकताको प्रमाणपत्रबाट वञ्चित रहनुपर्ने बाध्यतालाई सम्बोधन गरेको यस अध्यादेशको विरोध गर्नु सान्दर्भिक देखिँदैन । यसअघि प्रतिनिधिसभा जिवितै रहेको अवस्थामा पनि अध्यादेशहरु जारी भएका छन् तर तिनीहरुको विरोध भएन र यसको विरोध नियोजित रुपमा गर्नु वा गराउनुको अर्थ यो पनि हो कि अझै पनि धेरै तुष बाँकी रहेको छ ।
आमा र बुबा दुवैसित नेपाली नागरिकताको प्रमाणपत्र छ भने तिनका सन्तानले पनि पाउनुपर्ने हो कि होइन रु जब बाबु र आमा दुवै नेपाली नागरिक हुन्छन् भने तिनका सन्तान कसरी र किन नेपाली हुन नपाउने रु यस नागरिकता विधेयकको वास्तविकता नबुझी विरोध गर्नुको औचित्य छैन जस्तो देखिन्छ । दुई वर्षदेखि राजनैतिक खिचातानीका कारण त्यत्तिकै थन्किएर बसेको ऐनलाई सरकारले अध्यादेशमार्फत ल्याएको हो र अब जन्मसिद्ध नागरिकताधारी बुबा र जन्मसिद्ध नागरिकताधारी आमाका सन्तानले नागरिकताको प्रमाणपत्र पाउने भएका छन् । यस देशका नागरिकबाट जन्मेकाहरु पनि यस देशमा अनागरिक हुन पाउँदैनन् भन्ने देखिएको छ । यो निकै पहिले हुनुपथ्र्यो तर ढिलो गरी आएको छ । यसको विरोध गर्नु न्यायसंगत देखिँदैन ।